Aamsanchar

तरुण दलका जिल्ला सदस्य पेस्तोलसहित पक्राउ

Author Image
सोमवार, साउन ७, २०७५

नवलपरासी ।

नेपाल तरुण दल नवलपरासीका जिल्ला सदस्य किशोर आचार्य पेस्तोल र खुँडासहित पक्राउ परेका छन्।

बर्दघाट नगरपालिका–१० ध्रुवटोल घर भएका आचार्यलाई आईतवार सांझ ७:३ ० बजेको समयमा दाउन्नेबाट बर्दघाट आउदैगर्दा बर्दघाटको टिसियन चोकबाट बर्दघाट प्रहरीले पक्राउ गरेको हो।

प्रहरीलाई शंका लागेर खोजतलास गर्दा निजको साथमा फलामको ठुलो खुंडा र पेस्तोल फेलापरेपछि बर्दघाट प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिमका प्रहरी उपरिक्षक राजेन्द्र भट्टले जानकारी दिए।

हतियारसहित पक्राउ परेका आचार्यलाई हातहतियार खरखजना अन्तरगत मुद्धा चलाउने तयारी भैरहेको भट्टले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर