Aamsanchar

पूर्वराष्ट्रपति शिक्षण अस्पतालमा

Author Image
सोमवार, साउन ७, २०७५

काठमाडौँ, 

पूर्वराष्ट्रपति डा रामवरण यादव शिक्षण अस्पताल पुगी अनशनरत डा गोविन्द केसीको स्वास्थ्यवस्थाबारे जानकारी लिनुभएको छ ।

डा केसीका सहयोगी विशद दाहालले कुनै उपचार र औषधि नलिएका कारण उहाँको स्वास्थ्य गम्भीर बन्दै गएको अवगत गराउनुभयो । पूर्व राष्ट्रपति यादवले केसीको स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।

जुम्लाबाट गत असार १६ गतेदेखि चिकित्सकीय सुधारको माग राख्दै आमरण अनशन शुरु गर्नुभएका डा केसीलाई गत बिहीबार सरकारले काठमाडौँ ल्याएको थियो । पन्ध्रौँ पटक अनशन बस्नुभएका डा केसीसंग सरकारले वार्ताका लागि आह्वान गरिरहे पनि केसी पक्ष भने वार्तामा गएको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर