Aamsanchar

संसारकै सबैभन्दा ठूलो हिन्दू मन्दिर

Author Image
मङ्गलवार, साउन १५, २०७५

एजेन्सी । साउन अर्थात् शिव महिना । साउन महिना अति नै महत्वको महिना मानिन्छ । आज तपाई पाठकलाई संसारकै सबैभन्दा ठुलो हिन्दु मन्दिरका बारेमा जानकारी दिँदैछौ ।
आउनुहोस् चर्चा गरौं हिन्दूहरुको सबैभन्दा ठूलो मन्दिरको बारेमा । यो मन्दिर कम्बोडियामा रहेको छ । कम्बोडियाको ठुलो क्षेत्रमा फैलिएको यो मन्दिरको निर्माण सम्राट सुर्यवर्मन द्वितीयले आफ्नो शासनकालको इश्बी सम्बत १११२–५३ मा यस मन्दिरको निर्माण गरेका हुन् ।

यसमा विश्वभरीकै हिन्दु धर्मालम्बीहरु पुग्ने गर्दछन् । साउन महिनामा पुगेर अधिकांशले आफ्ना सामाजीक सञ्जालमा पोष्ट गर्ने पछिल्लो चलन बनेको छ । यो कम्बोडियाको मिकांग नदिको किनारमा रहेको सिमरिप शहरमा छ । सयौ वर्ग माइलमा फैलिएको यस मन्दिर क्षेत्रमा भगवान शिव तथा विष्णु को बिशाल मन्दिरहरु रहेका छन् । यो महिना शिवको महिमा भएकाले अधिक मानिसहरु दर्शन गर्न पुग्दछन् ।


मन्दिर खमेर वास्तुकला को उच्च परम्परागत शैलीको शिखरमा रहेको छ । कम्बोडियाको राष्ट्रध्वजमा समेत यस मन्दिरको प्रतिकलाई राखिएको छ । अंकोरवाट मन्दिर मेरु पर्वतको प्रतिक समेत मान्ने गरिन्छ । वार्षिक लाखौको संख्यामा पर्यटकले यस मन्दिरको भ्रमण गर्ने गर्दछन । विश्वकै सबैभन्दा लोकप्रिय पर्यटन स्थाल मध्य एक यस मन्दिरलाइ युनेस्कोले बिश्व सम्पदा सुचिमा राखेको छ । तपाईले पनि सेयर गरे अद्भुत मनोकांक्षा पुरा हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 473

प्रतिक्रिया (०)

सम्बन्धित खबर