Aamsanchar

प्रियंका कार्कीको बोल्ड एण्ड बेड सिनलाई लगाईयो सेन्सर (भिडियो सहित)

Author Image
बिहिवार, साउन १७, २०७५

 प्रियंका कार्की, जो नाम नै एक कम्प्लिट प्याकेज हो । अर्थात नेपालि सिने उधोगको मल्टि ट्यालेण्ट नायिका हुन् उनि । तर यो संगै उनको चर्चा प्रेमी, अब त श्रीमान् नै बनेसकेका आयुष्मान देशाराजको कारण पनि भैरहन्छ । हालैको चर्चा भने अलि पृथक छ । यो पटकको चर्चा फरक छ, अर्थात आलोचना र गालीले उनलाई बजाईने तालीको आवाज पनि बदलियो । प्रसङ्ग हो फिल्म ‘कथा काठमाण्डु’ को सार्बजनिक पहिलो गीतको भिडियोको ।

आईतबार अर्थात हिजो साउन ६ गते काठमाण्डौमा एक बिशेष कार्यक्रम गरेर फिल्म कथा काठमाण्डु को पहिलो गीत सार्बजनिक गरियो । सार्बजनिक ‘रातको कुरा’ बोलको गीतको भिडियो सार्बजनिक पश्चात हेर्ने दर्शकहरुबाट नकारात्मक प्रतिक्रियाहरु बढि आयो । कारण थियो, भिडियोमा फिचर भएका प्रमोद अग्रहरी र प्रियंका कार्कीको बोल्ड रोमान्स, किस सिन र बेड सिन । निर्देशक संगीता श्रेष्ठको अनुसार ‘यो गीतले फिल्मको मुल कथा नै बोल्छ ।’ हेर्नुस भिडियो ।

सार्बजनिकको २४ घण्टा पुगिसक्दा भिडियोलाई २ लाख ७५ हजार बढि पटक हेरिएको छ भने भिडियोलाई सेन्सर समेत गरिएको छ । तपाईले सिधै युट्युबमा गएर अन्य भिडियो क्लिक गर्दा सिधै भिडियो प्ले हुन सुरु हुन्छ भने यो भिडियो हेर्नलाई अनुमति लिनुपर्ने हुन्छ, जुन भिडियो प्ले हुने ठाउमा देखिन्छ ।

भर्खरै प्रेमी आयुष्मान देशराज संग लगनगाठोको लागि औठी साटासाट गरेका प्रियंका कार्कीको यस्तो भिडियो सार्बजनिक हुदा उनको आउदो नया जिन्दगीमा कतिको असर गर्ला ? सोचनीय बिषय बन्न पुगेको छ । हुन त आयुष्मान देशराजले पनि यो फिल्ममा प्रियंका कार्की संगै काम गरेका छन । तर यो भन्दा पहिले कुनै पनि नेपालि फिल्मको भिडियोहरुमा यस्ता किसिमका दृश्यहरुलाई प्रथामिकता दिदै भिडियो सार्बजनिक भएको थिएन । झन् प्रियंका कार्कीलाई नै यो किसिमको भिडियोमा देखिदा नेपालि सिनेवृत्तमा अहिले यो बहशको बिषय बन्न पुगेको छ ।

भिडियो सार्बजनिक भए पश्चात हामीले यो समाचार तयार गर्दै गर्दा भिडियोमा ५०० बढि प्रतिक्रियाहरु आएको छ, जसमा धेरै प्रियंका कार्कीलाई अश्लिल शब्द प्रयोग गर्दै गालि र आलोचना गरिएको छ । यता केहि यो किसिमको भिडियोलाई सकारात्मक मान्दै प्रतिक्रिया गर्नेहरु पनि छन् । तर भिडियोमा फिचर भएका प्रमोदको बारेमा खासै प्रतिक्रिया आएको छैन भने प्रियंका कार्कीको खिल्ली उडाउने र गालि गर्नेहरु भने बढिरहेका छन् । 

साभार 3D अनलाई

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 358

प्रतिक्रिया (०)