Aamsanchar

प्रविशाको तिमी बिना बजारमा

Author Image
शनिवार, साउन १९, २०७५

अनिल वाग्ले/ झापा ।

गायिका प्रविशा अधिकारीको तिमी बिना गीतको म्युजिक भिडियो बजारमा आएको छ ।

संगीतकार नागेन्द्र श्रेष्ठको संगीतमा गायिका अधिकारीले सो गीत बजारमा ल्याएकी हुन् । गीतकार रचना प्रधानले लेखेको सो गीतले प्रेम सम्बन्धलाई गहिरो ढंगले प्रस्तुत गरेको छ ।

गीतले प्रेम र मायालाई गहिराइका साथ प्रस्तुत गर्न शव्द, संगीत र स्वर तीनै कुराले समान साथ दिएको छ । युवा निर्देशन रायन कार्कीको निर्देशनमा तयार पारिएको भिडियोमा विकास लामिछाने र संज्ञा श्रेष्ठको अभिनय रहेको छ ।

सविना गुरुंगका मेकअप, प्रविन श्रेष्ठको सम्पादन र उत्सव दाहालले क्यामरामा साथ दिएका छन् । सो गीतले युवा पुस्ताको मन छोएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 295

प्रतिक्रिया (०)

सम्बन्धित खबर