के मृत्युदण्डले बलात्कारको घटना रोक्न सक्ला ?

पछिल्लो समयमा देशभर बढ्दै गएका बलात्कारका घटनाले हरेक संवेदनशील व्यक्तिको शिर निहुरिरहेको छ । नावालक वालवालिादेखि वृद्घ महिलाहरु समेत बलात्कारमा पर्नुले हाम्रो समाज कतै जंगली र बर्बर यूगतर्फ त गइरहेको छैन आम चिन्ताको विषय बनिरहेको छ । बढ्दैगइरहेका बलात्कारका घटनाले नेपालमा बलात्कारीहरुलाई मृत्यूदण्डको सँजाए दिने कानून ल्याउने बहसलाई समेत ब्यूताएको छ । सभ्यसमाजलाई नै लज्जित बनाउने बर्बर र पाशविक बलात्कार र बलात्कारपछिका हत्या रोक्न हामी कहाँ चुक्यौ त रु

घटना नं. १

कन्चनपुरको भीमदत्त नगरपालिका मा १३ बर्षीया बालिकाको बलात्कार पछी हत्या भएको छ्र । भीमदत्त नगरपालिका उल्टाखामकी १३ बर्षीय निर्मला पन्तको बलात्कार पछी हत्या भएको हो । स्थानीय सरस्वति मा। बि। कक्षा ९ मा अध्यनरत बालिका होमवोर्क गर्नका लागि भगतपुर स्थित साथीको घर गाएकी थिइन् । पन्तलाई साथीको घर बाट आफ्नो घर फर्किने क्रममा निम्बुखोलाको उखुबारीमा बलात्कार पछी हत्या गरेको अवस्थामा फेला पारिएको हो । अर्धनग्न अबस्थामा फेला परेको शब पछी सामुहिक बलत्कार भएको हुनसक्ने स्थानीयको दाबि छ्र । गत साता मात्रै पनि कन्चनपुरमा एक युवतीको बलात्कार पछी हत्या भएको थियो ।

घटना नं. २

काभ्रे तिमालकी १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको घटना सार्वजनिक भएको छ । काभ्रेको तेमाल गाउँपालिका १ स्थित देच्छेलिङ गुम्बा परिसरमा ९ वर्षीया एलिसा तामाङको बलात्कारपछि हत्या भएकोे हो । २०७५ असार २० को राति घटना भएको हो ।
बारा बारागढी गाउँपालिका ६ का २३ वर्षीय जोखन मन्सुरले एलिसाको बलात्कार पछि हत्या गरेका हुन् । मन्सुरले बालिकाकी फूपुसँग पनि पटक पटक बलात्कार गर्ने गरेको पाइएको छ । मन्सुरले परिवारका सदस्यलाई रक्सी खुवाएर बहोसी बनाई बालिकालाई चाउचाउ किनिदिने भन्दै नजिकैको छेन्देलिङ हेलेमेन्दो गुम्बा परिसरको पर्खाल नजिकै ढुंगा थुपारेको स्थानमा लगेर बलात्कार गरी हत्या गरेका थिए ।

घटना नं.

२०७५ मै कास्कीको ढिकुरपोखरी गाविस १ बस्तेका स्वारामा १० वर्षिय बालिका बलात्कार पछि हत्या भएको अवस्थामा भेटिइन् । १० वर्षकी कन्चन विकको घर नजिकै मृत अवस्थामा भेटिएकी हुन् । घटनाको प्रकृति हेर्दा बालिकाको बलात्कार पछि हत्या भएका प्रहरीको निषर्कष छ । शनिबार दिनको करिव ४ बजेतिर घरबाट हराएकी विकको आइतबार बिहान घर भन्दा माथिल्लो खेतमा मृत अवस्थामा भेटिएको थियो । उनका बाबु विदेशमा थिए ।

घटना नं.

जनकपुरमा एक १२ वर्षीया बालिकालाई बलात्कारपछि निर्मम हत्या गरिएको छ । जनकपुर उपमहानगरपालिका १ मुसहरी १२ वर्षीया विविका साहको बलात्कार पछि हत्या भएको हो । साहको घरमै डेरा गरी बस्दै आएका महोत्तरी जिल्लाको बहेडा बेला ४ निवासी ३५ वर्षीया रामचन्द्र महतोले विविकाको बलात्कारपछि हत्या गरेका थिए ।
मंगलबार घरमा आमा बुवा नभएको बेला विविका र उनकी १० वर्षीया कान्छी बहिनी पुष्पा घरमा बसेका थिए। सोही घरमा अर्को कोठा भाडा लिएर बस्दै आएका महतोले दिउँसो मृतककी कान्छी बहिनी पुष्पालाई घरबाट अली पर रहेको पसलबाट पानपराग र चकलेट किनेर ल्याउन फकाए । पुष्पा घरबाट निस्केर पसल गएपछि विविका एक्लै थिइन् । सोही बेलामा महतोले उनलाई बलात्कार गरी हत्या गरेको अनुसन्धानपछि खुलेको थियो ।

घटना नं.

एक बालिकालाई बलात्कार गरेको आरोप लागेका श्याम राउत साँढे ५ वर्षपछि पक्राउ परे । २०६८ साल माघ ५ गते रामेछापको तत्कालीन सैंपू गाविसकी १४ वर्षीया सुन्तली तामाङलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले राउतलाई केही समय अघि मात्र पक्राउ गरेको हो । घटनापछि भारतको अन्डमान निकोबार टापुमा बस्दै आएका राउतलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा प्रहरीले भैरहवा सीमा नाकाबाट पक्राउ गरेको थियो ।

रामेछाप सैंपूकी डिल्लीमाया तामाङकी १४ वर्षीया छोरी सुन्तलीको २०६८ सालमा स्थानीय लिखुखोलाको झोलुंगे पुलमा हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

घटना नं.

रुपन्देहीकी एक बालिकाको बलात्कार पछि हत्या भएको छ । रुपन्देहीको मर्चवार क्षेत्र अन्तर्गत कोटहीमाई गाउँपालिका ३ की १२ वर्षीया बालिकाको बलात्कार पछि हत्या भएको हो। दिउँसो घाँस काट्न खेतमा गएकी बालिका राति आफैंले ओडेको चुन्नी घाँटीमा बेरिएको अवस्थामा भेटिएकी थिइन् । रुपन्देही कोटहीमाई ३ का २१ वर्षीय सन्दीप कुमार धोबीले माघ २२ मा बालिका बलात्कारपछि पोल खुल्ने डरमा उनकै चुन्नीले घाँटी कसी हत्या गरेका थिए ।

घटना नं.

खोटाङमा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी ८ वर्षीया एक बालिकाको बलात्कार पछि हत्या गरिएको खुलासा भएको भयो । स्थानीय चिमचिमा खोलाको बगरमा गाडिएको अवस्थामा बालिकाको शव फेला परेको थियो । घटनाको आशंकामा पक्राउ परेका पाथेकाका १६ वर्षीय जीउधन राईले बालिकाको बलात्कारपछि हत्या गरेर बगरमा गाडेको प्रहरी अनुसन्धानले खुलेको हो । २०७४ साल माघ १० गते मध्यान्ह हराएकी बालिकाको शव सोही राती बगरमा गाडिएको अवस्थामा फेला परेको थियो ।

घटना नं.

१० वर्षीया सालीलाई बलात्कार गरेको आरोपमा नेटा गाविस ७ कल्लेरीका ३२ वर्षीय खडकबहादुर गाहामगर, ३८ वर्षीय यामबहादुर रास्कोटी मगर र कल्याण–१ का पूर्णबहादुर ठाडामगरलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक गरेको हो । पूर्णबहादुर बलातकृत बालिकाको भिनाजु हुन् भने खड्कबहादुर सशस्त्र प्रहरीका भगौडा प्रहरी हुन् । २०७२ साल कात्तिक ३० गते छिन्चुस्थित घरबाट दशरथपुर बजारमा सामान किन्न भनेर हिँडेकी १० वर्षीया एक बालिकालाई उनीहरुले सामूहिक बलात्कार गरेर हत्या गरेका थिए । नेटा ७ को पहिरो खोलामा बलात्कार गरिसकेपछि ढुंगाले हानेर उनीहरुले बालिकाको हत्या गरेको थिए ।

यी त केही प्रतिनीधि घटना हुन् । माथिका यी घटनाहरुले बलात्कार र हाम्रो समाजको यर्थाअवस्था चित्रण गर्न सहज हुन्छ । यसरी मनै हल्लाउनेगरी सार्वजनिक हुने बलात्कार र घटना दबाउन गरिने हत्या वा हत्या प्रयास बाहेक सरदर हरेक दिन तीनजना महिला तथा किशोरी बलात्कारमा परेको तथ्यांक नेपाल प्रहरीले केही समय अगाडि सार्वजनिक गरेको छ ।

आखिर किन भइरहेछ त बलात्कार र हत्या ?

प्रहरीले सार्वजनिक गरेको तथ्यांक ती केही हिम्मतिला महिलाका घटनामात्र हुन्, जो लाज, लाञ्छना र कतिपय अवस्थामा हुनसक्ने सामाजिक बहिस्कारको जोखिमसमेत मोलेर प्रहरीकहाँ उजुरी गर्न गए र उजुरी लेख्ने ठाउँका कर्मचारीले यस प्रकारका घटनामा संवेदनशील भएर उजुरी लिए । कतिपय अवस्थामा प्रहरी कार्यालयको गेटभित्र उजुरी गर्न गएका महिला उल्टै अपमानित महसुस गर्दै फर्किन बाध्य हुने गरेका छन् ।

बलात्कारका घटना सार्वजनिक भइरहँदा आम वा सामाजिक सञ्जालमा हुने टिप्पणी, महिलाका क्षेत्रमा काम गरिरहेका संस्थाका केही थान विज्ञप्ति र कहिलेकाहीं माइतीघरदेखि बानेश्वर वा भद्रकालीदेखि शान्तिवाटिका वा बसन्तपुरसम्मका र्याली, अनि महिलामाथि हुने बलात्कार लगायतका हिंसा अन्त्य गर्न प्रमुख दलका नेता तथा प्रहरी प्रधान कार्यालयमा ध्यानाकर्षणपत्र पेस भएका खबर पनि आाइनै रहन्छ तर पनि बलात्कारका घटनामा किन कमी आएको छैन त रु सवाल अझै अनुत्तरित नै छ ।

के हो बलात्कार र ?

कसैको मन्जुरी बिना करकाप, डर, धम्कि वा बल प्रयोग गरि जबरजस्ति गरिने यौनसम्पर्कलाई बलात्कार भनिन्छ । त्यसैगरि उमेर नपुगेको ब्यक्तिलाई ललाईफकाई,मञ्जुरी लिई वा नलिई गरिने यौनक्रिडालाई पनि बलात्कार कै रूपमा लिईन्छ ।

बलात्कार केलाई भन्ने बारेमा मानिसहरुमा केही द्विविधा समेत छ । द्विविधा त्यतिबेला समस्याको रूपमा आउँछ, जब यस्ता हिंसाका प्रभावितले दबाब वा लालचमा परेर अदालतमा आफ्नो बोली फेरिदिन्छन् । अनि बहस सुरु हुन्छ, प्रेम, यौन सम्बन्ध, यौन व्यापार र बलात्कार माथिका अनौपचारिक तर कहिल्यै नसकिने बहस ।

प्रेम, यौन सम्बन्ध, यौन व्यापार र बलात्कार बीचमा साँघुरा तर धेरै गहिरा खाडल छन्, जसको व्याख्या गर्न हजारौं कविता, कथा, निबन्ध र उपन्यास लेखिएका होलान् । तर आम भाषामा भन्नुपर्दा मनपरेका मानिसले गर्ने हरेक प्रेमिल व्यवहार प्रेम, उक्त प्रेमिल व्यवहारभित्र यौन सम्बन्ध पनि हुनसक्छ, यौन सहकार्य बापत एक पक्षले ९महिला वा पुरुष० बाट अर्को पक्षबाट लाभ लिनु वा दिनु यौनको व्यापार र मन नपरेको मानिसले वा मनपरेको मानिस भए पनि मन नभएको समयमा जबर्जस्ती गरिने यौनजन्य व्यवहार बलात्कार वा यौनजन्य दुव्र्यवहार हुन्छ । जसलाई सम्बन्ध राख्न आत्माले स्वीकार गरेको वा नगरेको अर्थमा बुझ्न सकिन्छ । बलात्कारको बुझाइ त्यही नै हो, यौन सम्बन्धका लागि एकजना मानसिक रूपमा तयार नभएको अवस्थामा अर्को व्यक्तिद्वारा गरिने व्यवहार बलात्कार हो ।

बलात्कारको कारण 

अधिकारकर्मीहरुका अनुशार पितृसत्ताले सुरुवातदेखि महिलामाथि दमन गर्न उसको शरीर, श्रम र उत्पादकत्वमा नियन्त्रण गरिरहेको छ । अझै अगाडि बढेर भन्नुपर्दा महिलाको यौनिकतामा पितृसत्ता ९पुरुषको मात्रै होइन० को नियन्त्रण छ । यसरी नियन्त्रण गर्नका लागि उसले विभिन्न प्रकारका धर्म, संस्कृतिको सहारामा महिलाको सारा अस्तित्व उसको योनिमा सीमित गरिदिएको छ । रामायणकी सीताको अग्निपरीक्षा होस् वा स्वस्थानी कथाकी वृन्द्राको बलात्कार होुस् वा होस् महाभारत द्रौपदीको चिरहरणपछि भएको महाभारतको लडाइँ वा होस् नवदुर्गामाथि तारकासुरले गर्ने प्रेम प्रस्तावसँग जोडेर गरिएको उसको हत्या । यी सबै कथाले महिलाको शरीरको पवित्रतालाई ‘ग्लोरीफाइ’ गरिएको छ । महिलाको यौनिकतालाई सतित्व अर्थात ‘शक्ति’का रूपमा परिभाषित गरिएको छ । प्राकृतिक रूपमा महिलाको योनि र पाठेघर शक्ति, प्रकृति र मानव जीवनका स्रोत हुन् भन्ने कुरा सही हो । तर उक्त शक्ति र मानव जीवनको स्रोतमा महिलाको नियन्त्रण कमजोर पारी एउटा वस्तुको रूपमा लिइएको र उसको सारा अस्तित्वलाई उसको एउटा अंगमा सीमित गरिएको छ ।

अर्कोतर्फ महिलाका अधिकारका क्षेत्रमा चासोसहित काम गर्ने धेरैजना वा संस्था पनि बलात्कारमा घटनापछि मात्रै तातिन्छन् । केही थान विज्ञप्ति, जुलुसमा सहभागी वा केही कोठेबहस नियमित हुने गरेका छन् । जसमा थोरैमात्रै बलात्कार विरुद्ध कसरी काम गर्ने भन्नेमा स्पष्ट छन् र निरन्तर काम गरिरहेका छन् । बाँकी धेरै त बलात्कृत भएपछि महिला वा किशोरीको सबै सकिएको अर्थमै बुझ्नेहरू छन् जो बलात्कारका घटनामा मोटो रकम क्षतिपूर्तिका रूपमा माग गर्छन् । कुनै पनि महिलामाथि गरिएको बलात्कारको क्षतिपूर्ति भनेको के हो भन्ने बारेमा कसैले स्पष्ट पार्नसकेका छैनन् । बेला–बेला बलात्कारका घटनामा विरोध गर्ने यो समूह पनि महिलाको शरीरलाई हेर्ने पुरुषवादी सोचबाट माथि उठ्नसकेको छैनन् ।

महिलामाथि हुने बलात्कारको मुख्य कारण महिलाको शरीरलाई वस्तुका रूपमा हेर्ने पितृसत्तात्मक सोच हो । जुन व्यवहार विगतमा परम्पराका नाममा धर्मशास्त्रको आडमा गरिन्थ्यो भने अहिले धर्मशास्त्र र परम्पराको आधारमा नवउदारवादी अर्थतन्त्र र त्यसका जगमा उभिएका राजनीतिक–सामाजिक व्यवहारद्वारा गरिन्छ । जसका उदाहरण गाडी व्यापार मेलामा महिला मोडललाई उभ्याउनेदेखि विभिन्न नामका सौन्दर्य प्रतियोगिताहरू हुन् ।

के छ कानुनी अवस्था

गतवर्ष नेपाल सरकारले बलात्कार विरुद्धको कानुन केही परिमार्जन गरेका छ । जस अनुसार बलात्कारका घटना दर्ताको समयको सीमितता ३५ दिनबाट बढेर ६ महिना भएको छ । देशमा बलात्कार सम्बन्धी कानुन विभेदकारी छ १ त्यसमा, कसैले बलात्कार गर्दा कम सजाय हुने र कसैले गर्दा बढी सजाय हुने मान्यता राखिएको छ । उदाहरणका लागि अहिलेको बलात्कार सम्बन्धी कानुनका प्रावधानहरू यस्ता छन् ः १० वर्षभन्दा मुनिका बालिकालाई बलात्कार गरेमा १० देखि १५ बर्षसम्म कैद, १४ बर्षदेखि १६ बर्षसम्मका बालिका वा किशोरीलाई बलात्कार गरेमा ८ देखि १२ वर्षसम्म कैद, १६ देखि २० बर्षसम्मको युवतीलाई बलात्कार गरेमा ५ देखि ८ वर्षसम्म कैद र २० वर्षदेखि माथिका महिलाहरूलाई बलात्कार गरेमा ५ देखि ७ बर्षसम्म कैद सजायको ब्यवस्था गरिएको छ । यसप्रकारको विभेदपूर्ण कानुनी प्रावधान रहेको स्थितिमा प्रभावित महिलाले न्याय पाउन चुनौतीपुर्ण छ । यस्ता विभेदकारी प्रावधानहरूका कारण बलात्कारीलाई भने अझ बढी बलात्कार गर्ने हौसला मिलेको छ कि भनि भन्ने आधार अहिले बढ्दै गएको बलात्कारका घटनाहरूले देखाउँछन् ।

त्यसैगरी, हाल देशमा प्रचलित बलात्कार सम्बन्धी अनुसन्धान प्रक्रिया लामो र त्रुटीपूर्ण छ । त्यसमा थप अदालती कारवाही, न्याय प्रहरी तथा प्रशासन क्षेत्रभित्रका केही व्यक्तिहरूमा रहेको पितृसत्तात्मक सोच, धारणा र व्यवहारले बलात्कार गर्ने व्यक्तिलाई थप हौसला दिएको छ कि भन्ने भान हुन्छ । देशमा स्थापित दण्डहीनताको संस्कृति, अपराधमा राजनीति जस्ता तत्वहरूले गर्दा बलात्कारीभित्र मैले जे गरे पनि हुन्छ, मलाई कसले के गर्न सक्दछ भन्ने अपराधिक मानसिकताको विकास भएको हुनसक्दछ ।

के मृत्यूदण्डले बलात्कार कमी होला ?

भारतीय संसदको तल्लो सदनले १२ वर्षभन्दा कम उमेरका बालक वा बालिकाको बलात्कार गरेको दोषी ठहर भए दोषी जो कोहीलाई पनि मृत्युदण्ड दिने एउटा विधेयक सोमवार मात्र पारित गरेको छ । नेपालमा पनि हाल संसुददेखि सडकसम्म बलात्कार गर्नेलाई फाँसिको सजाय हुने कानूनको मागहरु बढ्दै गइरहेको छ । तर के यस्ता कानूनले अपराध नियन्त्रण हुन सक्ला रु भारतमा यौन अपराधबाट बालबालिकाको संरक्षण गर्नेसम्बन्धी ऐन– पोस्को एक्टमा गरिएको संशोधन महिला तथा बाल विकास मन्त्री मेनका गान्धीको पहलमा पारित भएको हो । यो संशोधनसँगै बालबालिकामाथि हुने यौन अपराधहरू कम हुने आफूले ठानेको उनले बताइन् । भारत–प्रशासित कश्मीरमा एकजना आठ वर्षीया बालिकाको बलात्कारपछि गरिएको हत्या तथा हालै मध्य प्रदेश राज्यमा एकजना बालिकाको बलात्कारसहित अन्य बलात्कारका घटनाले व्यापक चर्चा पाए लगत्तै सो संशोधित नयाँ कानुन ल्याइएको हो ।

भारतमा सन् २०१२ मा ८ हजार ५४१ जना बालबालिकाको बलात्कार भएको विवरण प्राप्त भएकोमा सन् २०१६ मा त्यो संख्या बढेर १९ हजार ७६५ पुगेको अपराधसम्बन्धी आधिकारिक भारतीय तथ्यांकले देखाउँछ । कानुनमा गरिएका नयाँ संशोधनहरूले १२ वर्षमुनिका बालिका वा बालकको बलात्कार गरेको ठहर भए मात्र पनि अदालतले अब मृत्युदण्डको सजाय सुनाउन पाउनेछ ।

बलात्कार रोक्न मृत्यूदण्डको कानून के साँच्चै नै प्रभावकारी होला त रु यो प्रश्न विश्वव्यापी रूपमा नै विवादित बन्न पुगेको प्रश्न हो । के सजायमा गरिने कडाइले साँच्चै अपराधमा कमी ल्याउँछ त रु छिमेकी देशका केही घटनाहरूले त्यस्तो नहुनेतर्फ संकेत गरेको छ ।

पाकिस्तान, बांग्लादेश तथा अफगानिस्तानले बलात्कार मुद्दामा मृत्युदण्डको सजाय दिन गर्छन् र मृत्युदण्डको पक्षमा रहेका धेरै भारतीयहरूले प्रायःजसो यिनै देशहरूलाई देखाउँदै बलात्कार नसहने देश भन्दछन् ।

यी देशहरूमा बलात्कारका कमै घटना भएकोसामान्य बुझाइ छ । दक्षिण एसिया क्षेत्रस्थित विज्ञहरूले मृत्युदण्डको व्यवस्था लादियो भने वास्तवमा यसले न्याय प्रणाली सजाय दिनबाट हच्किने सम्भावना बढ्ने बताउँछन् ।

खासमा कडा कानुनहरू अपराध घटाउन त्यतिबेलासम्म प्रभावकारी हुन सक्दैनन् जतिबेलासम्म समाज, न्याय प्रणाली, कर्मचारी तथा प्रहरीको दृष्टिकोणमा सँगसँगै परिवर्तन आउँदैनन् ।

समाधान के त ?

केही थान विज्ञप्ति, जुलुस र पार्टी कार्यालयमा केहीपटक डेलिगेसन त बलात्कार गरिने क्रियाकलाप मात्रै हुन्, जसले महिलामाथि हुने बलात्कारका घटना रोक्न सक्दैन तर्सथ व्यक्ति, समाज र महिलाको शरीरलाई हेर्ने सोच बदल्न जरुरी छ ।

व्यक्तिको तहबाट हामीले महिलाको शरीर कुनै वस्तु होइन भन्ने कुरा स्वीकार्नुपर्छ, सामाजिक तहमा महिलामाथि हुने हरेक हिंसाको विरोध महिला वा महिलाको अधिकारका लागि काम गर्ने संस्थाको जिम्मेवारी मात्रै होइन, यो समग्र समाजको जिम्मेवारीको विषय हो भन्ने कुरा स्वीकार्नुपर्छ ।

त्यसैगरी बलात्कारमा पर्नुमा महिलाको दोष हुँदैन र बलात्कारपछि पनि महिलाको जीवन बाँकी हुन्छ भन्ने कुरा सबैले स्वीकार गर्दै कानुनलाई अझ बल्लियो बनाउन जरुरी छ ।

कडा कानून बनाउनु र भइरहेका कानूनको पूर्णरुपमा पालना हुन सकेपनि बलात्कारका घटनामा कमी आउने थिए । पीडित भएका महिलाहरूको न्यायमा पहुँच सुनिश्चित हुन सकेपनि बलात्कारका घटनामा धेरै कमी आउनसक्छ ।

पक्कै पनि नेपालमा बलात्कार सम्बन्धी भएका कानूनहरु अपूर्णछन्, कानूनी बाटाहरु साँगुरा छन्, कानूनको पूर्ण पालना गराउन अझै हामी असफल भइरहेका छौ। बलात्कार भएपछि वा हुनुभन्दा अगाडि हुने दुर्व्यवहारको हामीले प्रतिवाद गर्न सकिरहेका छौनौ । जसका कारण बलात्कारका घटनाहरु बढिरहेका छन् ।महिला माथि हुने सामान्य दुर्व्यवहारमा जबसम्म हामी चुप लागेर बस्छौ तबसम्म अपराधीको मनोवल बढिनै रहन्छ तयसैले सामान्य दुर्व्यवहारलाई समयमै प्रतिवाद गर्न र दुरव्यवहारीलाई समयमै कार्वाही गर्नसके जगन्य अपराधमा कमी आउने थियो । जबसम्म बालात्कृत महिलालाई समाजमा आत्मसम्मानका साथ बाच्न दिने सोच विकास हुँदैन तबसम्म बलात्कारका कयौं घटना बाहिर समेत नआउँने पक्का छ । बढ्दो बलात्कारका घटनाबाट त्रर्सिएर कडा कानूनको माग त गरिरहेका छौ तर भएकै कानूनको पालना गराउन समेत सकिएको छैन । मृत्यूदन्डको कानूनले बलात्कार रोक्नसक्ला या नसक्ला त्यो छुट्टै पाटो हो तर एउटा कुराचाँहि स्पष्ट छ हाम्रो समाजमा बलात्कारका घटना बढिरहनुमा कानूनी कमजोरी भने पक्कै छ ।

यो लेख हामीले चक्रपथ डटकमबाट साभार गरेका हौ

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com