Aamsanchar

गीताप्रेसकाे नेपाली अनुवाद गीता सार्वजनिक

Author Image
सोमवार, साउन २१, २०७५

काठमाडौं,

घरघरमा श्रीमद्भागवत गीता पुर्‍याउने अभियानको घोषणा गरिएको छ। गीता प्रेस बिक्री केन्द्रले आयोजना गरेको श्रीमद्भागवत गीता र सरल गीता विमोचन समारोहमा घरघरमा गीता पुर्‍याउने बताइएको हो।

कार्यक्रममा पशुपतिनाथका मूल भट्ट रावलगणेश भट्टले नेदरल्याण्ड र अमेरिकाजस्ता देशमा कक्षा ५ देखि गीता अध्ययन अध्यापन भए पनि नेपाल र भारतजस्ता वैदिक ज्ञानको उत्पत्ति भएको देशमा नपढाइनु दुःखद रहेको बताए।

सांसद हृदयेश त्रिपाठीले सभ्यतामा परिवर्तन भए आस्था नरहने भएकाले वैदिक सनातन परम्पराको जगेर्ना हुनुपर्ने तर्क गरे। पशुपति विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले प्रत्येक देशको नेतृत्वका पाँच जना र विश्वका एक हजार नेतृत्व वर्गलाई गीता अध्ययन गराए विश्वशान्ति स्थापना हुने विचार व्यक्त गरे।

कार्यक्रममा भारतीय राजदूतावासका मिसन उपप्रमुख डा.अजयकुमार, नेपाल मारवाडी राष्ट्रिय परिषद्का अध्यक्ष पवन मित्तल, चौधरी ग्रुपका महाप्रबन्धक मधु पौडेल, गीता प्रेसका प्रधानसम्पादक डा.लालमणि तिवारी, गीताप्रेस सेवा केन्द्र नेपालका अध्यक्ष जयकिसन सारडालगायतले विश्वमै बढी भाषामा अनुवाद भएको र धेरै बिक्रीको अभिलेख रहेको गीता नेपालीको हातहातमा पुर्‍याइने लक्ष्य सकारात्मक भएको धारणा राखे।

गीता प्रेसले पहिलोपटक नेपालीमा अनुवाद गरेको ३०० पृष्ठ पुस्तकको मूल्य २९ रुपैयाँ राखिएको छ। पुस्तकलाई आचार्य लक्ष्मण भण्डारीले अनुवाद गरेका हुन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 313

प्रतिक्रिया (०)