Aamsanchar

बोलबम धाममा भीड बढ्दै

Author Image
सोमवार, साउन २१, २०७५

बुटवल। 

रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित पर्रोहामा पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम (श्रावणी मेला ) मा आज भक्तजनको घुइँचो लागेको छ ।
सो ज्योतिर्लिङ्गमा भक्तजनले विभिन्न स्थानबाट वैदिक विधिले कावँर र कमण्डलुमा पवित्र गंगाजल उठाई बोलबम धाममा जलापर्र्ण गर्ने प्रचलन रहेको छ ।
श्रावण ११ गते गुरुपूर्णिमादेखि श्रावण शुक्लपक्ष भाद्र महिनाको १० गते ऋषितर्पणीसम्म एक महिना सञ्चालन हुने बोलबम धाममा विशेष गरी भगवान शिवलाई जलार्पण र रुद्राभिषेक गरिने पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामका मुख्य पूजारी चन्द्र नेपालले जानकारी दिनुभयो ।
पूजारी नेपालले शास्त्रीय प्रमाणका लागि ज्योतिर्लिङ्गको अध्ययन, अनुसन्धान शुरु भएको उल्लेख गर्दै स्वंय उत्पत्ति भएको यसको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने, आरोग्य र ऐश्वर्य प्राप्त हुने बताउनुभयो ।
त्यस्तै २९ गते देवघाटधाम यात्रा, भदौ ३ गते रिडी रुरु क्षेत्र सवारी साधनयात्रा हुने बोलबम धामका प्रमुख सल्लाहकार रामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
सो धाममा शिव पाञ्चायन, गणेश पार्वती मन्दिर, लक्ष्मीनारायण मन्दिर, राधाकृष्ण मन्दिर, सन्तोषिमाताको मन्दिर, चन्द्रमा आकारको धाम सरोवर १०८ शिवलिङ्ग र ५.५ फूटको शिवमूर्ति र नागकुण्ड रहेका छन् ।
सो धाममा गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी, कपिलवस्तु, चितवन, काठमाडौँलगायत भारतबाट समेत पाँच लाख बढी भक्तजन मेलामा सहभागी हुने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर