Aamsanchar

देशैभर सञ्चालन हुने परिक्षा सिटिइभीटिद्धारा अचानक स्थगित, बाटोबाटै लुटियो प्रश्नपत्र

Author Image
सोमवार, साउन २१, २०७५

झापा ।

देशैभर आज हुने भनिएको प्राविधिकतर्फको प्रवेश परिक्षा स्थगित भएको छ । परिक्षा सञ्चालन हुनुभन्दा अगावै प्रश्नपत्र सार्वजनिक भएको थाहा पाएपछि देशैभरको परिक्षा स्थगित भएको छ । नीजि इन्स्च्यिुटले आज देशैभर प्राविधिकतर्फको परिक्षा लिने तयारी गरेको थियो । परीक्षा स्थगित भएको जानकारी सीटीइभीटीले वेबसाईटमा आज बिहान सूचना निकालेर दिइएको हो ।

आज दिउँसो २ बजे तय भएको परीक्षाका लागि प्रश्नपत्र बिहानसम्म नभेटिएपछि सीटीइभीटीले परिक्षा स्थगित भएको जानकरी दिएको हो । सिटिइभिटीले देशैभर दिउँसो २ बजे पूर्ण शुल्कीयतर्फ सीएमए, एएनएम, एग्रीकल्चर, जेटिए आदिका लागि प्रवेश परीक्षा लिने तयारी गरिएको थियो । सिटिइभीटिका अनुसार आज बिहानसम्म हराएको परिक्षा खोज्नको लागि प्रहरीनै परिचालन गरेको भएपनि भेटिएको छैन ।

तनहुँ जिल्लामा पर्ने दमौलीको गण्डकी टेक्निकल ट्रेनिङ सेन्टरका लागि लगिएको प्रश्नपत्र बाटोमै हराएपछि परीक्षा स्थगित गरिएको सीटीइभीटीका एक अधिकारी शिवहरि ढकालले जानकारी दिएका छन् । आजको परीक्षाका लागि हिजो सेन्टरका शिक्षक प्रेमचन्द्र यादवले प्रश्नपत्र लिएर आएकोमा उनले आफू दुर्घटनामा परेको बताएका थिए । आइतबार दिउँसो साढे ३ बजे डुम्रे नजिकैको पृथ्वी राजमार्गमा दुर्घटनामा परेको बताएका यादवले झोलासमेत नभेटिएको भने पछि खोजी गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर