Aamsanchar

यौनसम्पर्क गर्न नदिँदा पूर्वसुन्दरीलाई गोली हानी हत्या

Author Image
सोमवार, साउन २१, २०७५

बैंकक ।

यौनसम्पर्क गर्न नमान्दा थाइल्यान्डमा पूर्वसुन्दरीको गोली हानी हत्या भएको छ ।

क्लबका मालिकसँग यौन सम्पर्क गर्न उनले अस्वीकार गरकी थिइन् । पूर्वसुन्दरी पविना नेमुइनग्रकमाथि ४ गोली टाउको र छातीमा प्रहार भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

एकदिन अगाडि पविनाको जन्मदिन भएको र आफना साथीहरूसँग बर्थडे मनाउन क्लबमा पुगेका बेला गोली प्रहार भएको द सनले जनाएको छ ।

गोली प्रहार गर्ने क्लबका मालिक पान्या यिंर्गेगको खोजी भइरहेको स्थानीय प्रहरीले जानकारी दिएको छ । एजेन्सी/दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)