Aamsanchar

टेबल नभएपछि तिघ्रा र नोटबुक ठटाउँदै समर्थन जनाउँछन् प्रदेश १ का सांसद !

Author Image
मङ्गलवार, साउन २२, २०७५

विराटनगर। 

प्रदेश १ को संसदमा लामो समयदेखि अनौठौ दृश्य देखिने गरेको छ । संसदमा बेलाबेलामा विधेयकहरु टेबल भइरहन्छन् । तर सांसदहरु भने तिघ्रा र नोटबुक ठटाउँदै समर्थन जनाउँछन् ।

सभासदस्यका लागि आवश्य टेबल र साथमा माइकको व्यवस्था संसद सचिवालयले गर्न नसकेकोले यस्तो अवस्था अाएको हो ।संसदमा सांसदहरु बस्ने कुर्सी छन् । तर, टेबल छैनन् । जसकारण सांसदहरु तिघ्रा र नोटबुक ठटाएर सभामुखलाई जनाउ दिन्छन् ।

सभामुख प्रदीप भण्डारीबाट संसदमा टेबल भएको विधेयक पारित गर्न राय बुझ्ने क्रम चलिरहन्छ । फेरि सांसदहरु समर्थन जनाउन आफ्नो तिघ्रा र नोटबुक ठटाउँछन् ।

प्रदेश सभाको दोश्रो अधिवेशनको २९ औ बैठक सम्पन्न भइसकेको छ । तर, ‘यतिका धेरै समय भइसक्यो संसदीय अभ्यास अपुरै भएको जस्तो भान हुन्छ’, सत्तापक्षका सांसद कार्कीले भने, ‘टेबल र माइकको अभाव छ । रोष्टमबाट माननीयले राखेको विचारप्रति नियमापत्ति जनाउन पनि माइकको अभावमा समस्या छ ।’

सामान्यत संसद बैठक चलिरहँदा रोष्टम प्रयोग गरी आफ्ना कुरा राखिरहँदा विमती राख्दै आफ्नो स्थानबाट उठेर नियमापत्ति जनाउन आफ्नो कुरा राख्ने संसदीय अभ्यास छ । तर, यी सबै कुराबाट प्रदेश एकका संसद एक प्रकारले बञ्चित हुनुपरेको जस्तै अवस्था छ ।-समाचार डटकमबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 299

प्रतिक्रिया (०)

सम्बन्धित खबर