Aamsanchar

बिहिबारको दिन यसो गर्नुहोस्, भाग्यवृद्धि हुनेछ !

Author Image
मङ्गलवार, साउन २२, २०७५

एजेन्सी ।

ज्योतिषशास्त्रका अनुसार बृहस्पति ग्रहको अनुकूलताको लागि केही यस्ता कार्यहरु हुन्छन् जुन बिहिबारको दिन गर्नु उचित मानिँदैन । बृहस्पतिको कृपाले गर्दा सुखद पारिवारिक जीवन, शिक्षा, ज्ञान र धन प्राप्त हुने भएकाले शास्त्रअनुसार बिहिबारका दिन यस्ता केही काम नगर्दा नै राम्रो हुन्छ ।

बिहिबारको दिन के गर्दा सुभफल मिल्छ ?

बिहिबारको दिन यस्ता काम गर्नाले घरमा शुभफल मिल्छ र बिग्रको काम बन्दछ । १. सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ्यू हालेर दियो बाल्नुस् । २. केसरी वा बेसारको टिका निधारमा लगाउनुहोस् । ३. पहेँलो वस्तु दान गर्नुहोस् । ४. भगवान शिवलाई पहेँलो रंगको लड्डू चडाउनुहोस् । ५.केराको रुखलाई पूजा गर्नुहोस् र प्रसादमा पहेँलो रंगको पकवान वा फल चढाउनुहोस् । ६. केरा दान गर्नुहोस् ।

बिहिबारको दिन भुलेर पनि नगर्नुहोस् यी ५ काम…

बिहिबार यी कार्य नगर्नुहोस , तपाईको लागि फलिफाप साबित बन्नेछ । नत्र पछुताउनुपर्ला सबैको जानकारीको लागि सियर गरौ !विहीबारलाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ । विहीबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने मानिन्छ । तर विहीबार केही काम गर्न भने निषेध गरिएको छ ।

यहाँ विहीबार गर्न नहुने भनेर उल्लेख ५ कुराको चर्चा गरिएको छ:

१. कपाल नुहाउनु हूँदैन, २. रौं काट्नु हुँदैन, ३. दारी काट्ने वा नङ काट्ने, ४. भारी कपडा धुनु र फोहोर हुँदैन, ५. लक्ष्मीको मात्र पुजा

शास्त्रमा विहीबार कपाल नुहाउन नहुने उल्लेख छ । खासगरी महिलाहरुले विहीबार कपाल नुहाउनु अशुभ मानिन्छ । महिलाको जन्मकुण्डलीमा वृहस्पति पतिकोरुपमा रहने हुँदा यो दिन कपाल नुहाउनु नराम्रो मानिन्छ । विहीबार कपाल नुहाउँदा पति र सन्तानलाई अशुभ हुने शास्त्रमा उल्लेख छ ।
विहीबारको दिन कपाल वा दारी काट्नु अशुभ मानिएको छ । वृहस्पतिलाई जीवन अर्थात जीवन भनिएको छ । विहीबार रौं काट्दा गुरु ग्रह कमजोर हुने भनिन्छ । यसो गर्दा शिरमा असर गर्ने र उमेर समेत कम हुने शास्त्रमा उल्लेख छ ।

विहीबार नङ काट्नु र दारी काट्नु अशुभ मानिन्छ । यस्ता कार्य विहीबार गर्दा जागिरमा समस्या हुने र पदोनन्ती हुनुको साटो घटुवा हुने समेत सम्भावना हुने शास्त्रमा उल्लेख छ ।

विहीबार कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौ काट्ने, फेशियल, नङ काट्ने काम कहिले पनि नगर्नुस् । त्यस्तै घरको सरसफाइ माकुराको जालो हटाउने काम पनि विहीबार नगर्नु नै उत्तम हुन्छ ।

विहीबारको दिन भारी कपडा धुनु राम्रो मानिँदैन । विहीबारको दिन ठूला ठूला कपडा धुँदा अशुभ हुने मानिन्छ । बिहीबार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ । विहीबारमा घरमा भएको फोहोर बाहिर फाल्दा अशुभ हुने मानिन्छ । घरको सरसफाइ सकेसम्म विहीबार नगर्नु नै राम्रो हुन्छ ।

विहीबारको दिन लक्ष्मी नारायणको दिन मानिन्छ । यस दिन पुजा गर्दा लक्ष्मीको मात्र गर्नु हुँदैन । पुजा गर्दा लक्ष्मी नारायणको पुजासँगै गर्नु राम्रो हुन्छ । यसले पति पत्निबीचको सम्बन्ध पनि राम्रो हुने शास्त्रमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 426

प्रतिक्रिया (०)