Aamsanchar

महिलाको विषयमा बाहिर ठिक्क पार्ने तर घरमा श्रीमती कुट्ने बोक्रे भलाद्मी

Author Image
बुधवार, साउन २३, २०७५

नरेन्द्र ढकाल

भनिन्छ नारी धर्ती हो । अनि त्यही नारीमाथि हुन्छ आखिर किन अत्यचार ? यो र यस्ता प्रश्नले यो पक्तियारलाई निकै सतायो । सत्य युगमा पनि नारीकै बहाना अनेक युद्धहरु भएको इतिहासले बताउँछ तर पछिल्लो समय भुसको आगो झैं नारीकै विषयलाई लिएर हत्या, हिंसा र बलात्कार जस्ता अत्यचार बढी रहेको छ ।

जति मानिस शिक्षित भयो त्यति नै महिला माथिको अत्यचार बढ्दै गएको विभिन्न अध्ययनहरुले प्रष्ट पारेका छन् । पछिल्लो समय सामाजिक सञ्जालले मानिसमा मानवता बिहिन बनाउन थालेको पाइएको छ । हिजो एक ब्यक्तिले अर्को ब्यक्तिलाई भेट्न तथा उसलाई कुनै समाचार पु¥याउन घण्टौं समय कुर्नु पार्ने बाध्यता रहेको थियो । तर सञ्चारको विकास भएसगैं विश्वलाई एउटा घरभित्र सिमित गरिदिएको छ ।

मानिस घरबाट बाहिर निस्किदैन तर उसले विश्वमा कहाँ के भई रहेको छ भन्ने जानकारी भने लिइरहेको हुन्छ । यसले गर्दा मानिसलाई धेरै कुरामा सहजता त पक्कै भएको छ तर यसले मानिसमा त्यति नै धेरै अविशवास पनि पैदा गरिदिएको छ ।

आफु बाहिर अफिस, ब्यपार, राजनीति लगायत विभिन्न सामाजिक कामका लागी बाहिर हिड्ने पुरुषले निकै तामझमका साथ भन्ने गर्छ मैले मेरी श्रीमतीलाई धेरै सुख दिएको छु । तर त्यहि मानिसले भने घरमा उसले भने जस्तो ब्यवहार गर्दैन् । उसले घरमा रहेकी श्रीमतीलाई विभिन्न शंका, उपशंका र अन्य विभिन्न लालछना लगाउदैं नारी माथिको हिंसालाई बढवा दिएको पाइन्छ् ।

बाहिर रहेकी अर्की महिलाको प्रेममा परेर घरमा श्रीमनका लागी हरेक कुरामा ख्याल गर्ने तथा छोराछोरीको भविष्यका बारेमा सोच्ने ती सोझी नारीहरुले गालामा झापड खानुपर्ने यो कस्तो बिड्म्बना हो ? आखिर अविश्वास कसरी पैदा भयो एक पटक हरेक पुरुषले सोच्न जरुरी रहेको छ । महिलाको अधिकारको विषयमा चर्का बहस गर्नेहरुले तिनै महिला माथि गर्ने अत्यचारलाई कसरी लिने यो गम्भिर प्रशन बन्दै गएको छ ।

सामाजिक सञ्जालमा भएका हरेक घटनालाई विश्वास गर्ने अनि आफु पनि त्यहि गतिविधिमा संलग्न हुनेहरुले घरमा रहेकी श्रीमतीलाई बारम्बार अविश्वास गर्ने गरेको विभिन्न अध्ययनले पुष्टि गरेका छन् । पछिल्लो समय एकले अर्कोलाई अश्विास गर्ने कारक तत्वको रुपमा सामाजिक सञ्जालहरु बन्दै गएका छन् । सामाजिक सञ्जालमा भएको अश्लिलताले पनि पुरुषलाई विभिन्न आपराधिक मानसिकता तर्फ डोहो¥याउदैछ भने महिलाहरुलाई पनि विभिन्न फेसनले गर्दा जोखिमता तर्फ लागि रहेको छ । यसले गर्दा महिला माथि हुने हिंसाले बढवा पाइरहेको छ ।


आफुलाई आफ्न्त र समाजका अगाडी भलाद्मी देखाउने बोक्रे भलाद्मीहरुले नै महिला माथि अत्यचार गर्ने गरेको पाइन्छ । पछिल्लो समय यसकै उदाहरण बन्दैछ नेपालमा दिनहुँ हुने बलात्कार, हत्या र महिला हिंसा । अधिकांश महिला हिंसा आफ्न्त बाट नै हुने गरेको पाइएको छ । महिलालाई दासको रुपमा हेर्ने पितृसत्तात्मक सोच रहेसम्म यो हिंसा अत्य हुदैन् । केही महिला हिंसामा महिलाकै पनि संलग्नता पाइन्छ । आफु खुशी हुनलाई अरुलाई सताउने मानसिकता बोकेका महिलाहरुले पुरुषलाई कुरा लगाउने र हिंसा गर्न उद्धत बनाउने गरेको पाइनछ । आखिर एक नारीले अर्को नारीलाई किन हिंसा गर्दा उक्साउने ? यो विषय पनि महिलाहरुले सोच्न जरुरी रहेको छ ।

नेपालमा महिला हिंसा विरुद्ध कडा कानुन बनाउन आवश्यक छ । नाबालिकालाई बलात्कार गर्नेलाई कुनै मौका नै नदिई फाँसीको सजाय हुनुपर्छ, युवती तथा महिलाको विषयमा भने गम्भिर अनुसन्धान गरेर सोही अनुसार सजाय दिनुपर्छ, वृद्धा महिलालाई बलात्कार गर्छ भने उसलाई पनि फाँसी दिनुपर्छ साथै अपाङ्ग, सुूत मनस्थिती लगायतका महिलालाई बलात्कार गर्नेलाई मृत्युदण्डको विकल्प छैन् ।

साथै घरमा रहेकस् श्रीमतीलाई अनेक बहानामा हिंसा गर्नेलाई पनि कडा सजाय हुन जरुरी छ । तब मात्र महिला हिंसा केही निर्मुल हुन सकछ । साथै महिला हिंसा गर्न उक्साउने महिलालाई पनि कडा कारबार्ही नहुने हो भने यो समाजमा एक महिलाले अर्को महिलालाई हिंसा गर्न पुरुषलाई प्रयोग गरिरहन्छन् ।

हरेक नारीलाई आफ्नी आमा, दिदी बहिनी जस्तै ब्यवहार गर्ने र हिंसा नगर्ने हो भने रहेक समाज सुन्दर हुन सक्छ तर आफ्नी आमालाई मात्र नारी सम्झने र श्रीमतीलाई आफ्नो दास सम्झने प्रवृत्तिको अन्त्य नहुने हो भने महिला माथि हुने घरेलु हिंसाले बिकारल रुप लिनेमा दुई मत छैन् ।

त्यसैले समाजका अगाडी श्रीमतीलाई धेरै माया गर्ने नाटक रच्ने र घरमा एक्लै भएको अवस्थामा आफु महान् हुन श्रीमतीको गालामा झापड् हान्ने बोक्रे भलाद्मी नाटककारहरुलाई समाजका अगाडी नाङ्गेझार पारेर वास्तविकता ननिकाल्ने हो भने महिला हिंसाको अन्त्य हुदैन् तयसैले बेलैमा सबैले सोचन जरुरी रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)