Aamsanchar

विप्लवको पार्टीका प्रवक्ता प्रकाण्डसहित तीन पक्राउ

Author Image
बुधवार, साउन २३, २०७५

काठमाडौं,

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता समेत रहेका नेता खड्गबहादुर विश्वकर्मालाई काठमाडौंको दक्षिणकालीबाट पक्राउ गरिएको छ।

प्रकाण्डलाई दक्षिणकालीको चाल्नाखेलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर प्रमुख विश्वराज पोखरेलले जानकारी दिए। उनले प्रकाण्डसँगै उनका ड्राइभर र एक कार्यकर्ता पक्राउ परेको जानकारी दिए।

उनलाई बुधबार दिउँसो पक्राउ गरिएको हो। उनीसँग थप सोधपुछ भइरहेको परिसरका प्रवक्ता मोहन थापाले जानकारी दिए। प्रकाण्ड लगायत पक्राउ परेकालाई हाल कांठमाडौं प्रहरी परिसर टेकुमा राखिएको छ। उनीहरूविरुद्ध परिसरले म्याद थप गरेर मुद्दा चलाउने तयारी गरेको प्रहरीले जानकारी दिएको छ।

प्रकाण्ड पूर्व महिला, बालबालिका तथा समाजकल्याणमन्त्री तथा २०७४ सालमा संविधानसभा सदस्यमासमेत निर्वाचित भएका थिए। पछिल्लो समय प्रहरीले विप्लव लगायतका नेताहरूको खोजी गरिरहेको थियो, जस क्रममा पक्राउ पर्नेमा प्रकाण्ड शिर्ष नेता हुन्।-थाहाखबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर