Aamsanchar

वाङ्गचुको “यो जिन्दगी घुमाउरो बाटो जस्तो ” सार्वजानिक (भिडियो)

Author Image
बुधवार, साउन २३, २०७५

बुद्धशान्ति ।

लोपुन्मुख लेप्चा जातिका प्रथम कथाकार झापा बुद्धशान्ति ७ का वाङ्गचु लेप्चा (सुमन) को शव्दमा रचित गित सार्वजानिक गरिएको छ ।

काठमाण्डौंमा पत्रकार सम्मेलनको आयोजना गरि गितकार वाङ्गचु लेप्चाको “यो जिन्दगी घुमाउरो बाटो जस्तो ”बोलको गितको भिडियो पनि सार्बजनिक गरिएको हो । जसमा झापाली गायक तारा लक्सम लिम्बुले स्वर दिनुभएको छ भने संगित दिपेन याक्थुम्बाले दिनुभएको छ । त्यस्तै गितको एरेन्जरटंक लिम्बु रहनुभएको छ ।

सन्तोस गुरुङले निर्देशन गर्नुभएको गितको भिडियो रोसन श्रेष्ठले खिच्नुभएको थियो । प्रेम कथामा आधारित उक्त गितको भिडियोमा नायिका रेखाफागु लिम्बू, बिक्की कार्की, निरुता लिम्बू र गीतकार वाङ्गचु लेप्चा ले अभिनय गर्नुभएको छ । गितको सुटिङ काठमाण्डौका बिभिन्न सुन्दर ठाँउमा गरिएको छ । यो गित हाईलाईट नेपाल मार्फत सार्वजानिक गरिएको हो ।

लेप्चा जातिका प्रथम कथाकार वाङ्गचु लेप्चा (सुमन) ले समाजका हरेक क्षेत्रलाई समेटेर बिभिन्न लेख, कथा, गित साहित्य लगायत क्षेत्रमा कलम चलाउदै आउनु भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 310

प्रतिक्रिया (०)

सम्बन्धित खबर