Aamsanchar

गायिका जुना र प्राश्नाको तीज गीत सार्वजनिक (भिडियो)

Author Image
बिहिवार, साउन २४, २०७५

काठमाडौं,

पप, आधुनिक तथा चलचित्रका गीतमा स्वर दिइरहेका गायिकाद्वय जुना प्रसाईं तथा प्राश्ना शाक्यले तीजको पूर्व सन्ध्या पारेर आफ्नो नया“ तीज गीतके म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘तीज आयो आफूलाई चै“ अर्कै व्यथा छ…’ शीर्षकको उक्त गीतमा शिव हमालको शब्द तथा संगीत छ । विश्वास नेपालले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।

युवराज वाइवाद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा जुना र प्राश्नाले नै आकर्षक नृत्य गरेका छन् । भिडियोमा उनीहरुलाई अभिनेता ध्रुव न्यौपानेले अभिनयमा साथ दिएका छन् । ‘लोक गीत–दोहोरी गीतमा त्यति अभ्यस्त नभए पनि तीज आएपछि हामी आफैं उत्साहित हुन्छौं, गायिका प्रसाईं तथा शाक्यका अनुसार उनीहरु विगत केही वर्षदेखि लगातार रुपमा तीजका गीत गाइरहेका छन् । उनीहरुका गीतलाई दर्शक तथा स्रोताले पनि सकारात्मक रुपले ग्रहण गरेका छन् ।

मनिता गहतराजद्वारा कोरियोग्राफी गरिएको उक्त भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् । निशान घिमिरेले उक्त भिडियो सम्पादन गरेका हुन् । हाइलाइट्स नेपालको यूट्युब च्यानलबाट उक्त भिडियो अपलोड गरिएको हो । यस्तो छ तीज आयो आफूलाई गीतको म्युजिक भिडियो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 238

प्रतिक्रिया (०)

सम्बन्धित खबर