Aamsanchar

विश्वकर्मा रिहा गर्न माग

Author Image
बिहिवार, साउन २४, २०७५

काठमाडौँ, 

नेकपा (माले) ले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई रिहा गर्न सरकारसँग माग गरेको छ ।

पार्टी महासचिव सिपी मैनालीले  प्रेस विज्ञप्ति जारी गरी विश्वकर्मा र उहाँसँगै गिरफ्तार गरिएका सबैलाई तत्काल विनाशर्र्त रिहा गर्न आग्रह गर्नुभएको हो ।

विज्ञप्तिमा शान्तिपूर्णरुपमा आफ्ना विचार राख्न र पार्टी सञ्चालनका निम्ति स्वेच्छिकरुपमा आर्थिक सहयोग संकलन गर्न पाउने अधिकारमाथि कुनै पनि बन्देज लगाउन नहुने भनिएको छ । प्रहरीले जबर्जस्ती चन्दा असुलीको आरोपमा विश्वकर्मासहित दुई जनालाई बुधबार दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ गरेको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर