Aamsanchar

सीपीएल क्रिकेटमा सन्दिपको उत्कृष्ट प्रर्दशन ४ ओभर बलिङ गरेर २ विकेट लिए

Author Image
शुक्रवार, साउन २५, २०७५

काठमाडौं ।

डेव्यु खेलको पहिलो बलमै विकेट लिदैं क्यारेवियन प्रिमियर लिग  अर्थात् सिपिएलमा नेपाली युवा स्पिनर सन्दिप लामिछानेले उत्कृष्ठ बलिङ प्रदर्शन गरेका छन् ।

गुयना एमाजोन वारियर्ससँगको खेलमा सन्दिपले २ विकेट लिएका छन् । ४ ओभर वलिङ गरेका सन्दिपले १२ रन दिएर २ विकेट लिएका हुन् । एउटा पनि चौंका छक्का नखाएका सन्दिपले २४ बलमा १३ वल डट फालेका थिए ।

सन्दिपले पहिलो विकेट गुयना एमाजोनका ओपनर व्याट्सम्यान वालटनको लिएका थिए । वालटनलाई सन्दिपले वेन कटिङ्को हातबाट क्याच आउट गराएका थिए । यस्तै सन्दिपले दोश्रो विकेट जेएन मोहम्मदको लिएका थिए । १६ रन बनाएका मोहम्दलाई सन्दिपले कुपरको हातबाट क्याच गराएका थिए ।

सन्दिपको उत्कृष्ठ प्रदर्शन रहे पनि उनको टिम एसटी किट्स एन्ड नेभिस प्याट्रियोट्स  ६ विकेटले पराजित भएको छ । टस हारेर पहिले व्याटिङ गरेको एसटी किट्स एन्ड नेभिस प्याट्रियोट्स ले निर्धारीत २० ओभरमा १ सय ४६ रन बनाएको थियो । जवाफमा गुयनाले खेल सकिन २१ बल बाँकी रहदै १ सय ४८ रन बनाएर जित हासिल गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 223

प्रतिक्रिया (०)