सामुदायिक वनद्वारा गाँउमा बिजुली, पानी बग्ने ठाउँ बाहेक सबै गाँउमा विरुवा

सुरेन्द्र भण्डारी/नरेन्द्र ढकाल

राजगढ । झापामा रहेका ५७ वटा सामुदायिक वनमध्ये कतिपय वनको उचित संरक्षण हुन नसक्दा अतिक्रमणको चपेटामा परेका छन् । कतिपय सामुदायिक वन समूहका पदाधिकारीबीचकै आन्तरिक कलहका कारण सामुदायिक वनको संरक्षण हुन सकेको छैन ।

तर, झापामा एउटा यस्तो सामुदायिक वन छ जुन वनले जिल्लामै उदाहरणीय काम गरेको छ । वाह्रदशी गाउँपालिका–२ र ३ मा पर्ने मनकामना सामुदायिक वनले आफ्ना सेवा क्षेत्रभित्र विद्युत् विस्तार गर्दै घर–घरमा उज्यालो पु¥याएको छ । सामुदायिक वनकै नेतृत्वमा २०६०÷०६१ सालबाट ग्रामीण संयुक्त वडा विकास विद्युतीकरण कार्यक्रम सञ्चालन गर्दै हाल नौ सय ५६ घरमा विद्युत् सेवा उपलब्ध गराएको छ । यस अघि सो क्षेत्रका स्थानीयवासी टुकीकै भरमा बस्न बाध्य थिए ।

सामुदायिक वनले गाउँमा विद्युत् मात्र पु¥याएन उपभोक्ताले वर्षाैदेखि तिर्न बाँकी रहेको विद्युत् महसुल समेत तिर्दै उपभोक्तालाई विद्युत् महसुलको ऋणबाट मुक्त बनाएको छ । सामुदायिक वनले आफ्ना उपभोक्ताका लागि नेपाल विद्युत् प्राधिकरण अनारमनी बितरण केन्द्रलाई ५७ लाख रुपैयाँ एकमुष्ठ वुझाएको मनकामना सामुदायिक वनका अध्यक्ष तुलसी ढकालले बताए । ढकालका अनुसार गाउँमा विद्युत् बिस्तार गर्दा बाँकी रहेको र महसुल वापतको रकम प्राधिकरणलाई वुझाइएको हो । ‘हामीले अझैं प्राधिकरणलाई १२ लाख रुपैयाँ वुझाउन वाँकी छ’– अध्यक्ष ढकालले भने ।

नेपाल विद्युत् प्राधिकरणको सहयोगमा सामुदायिक वनले नेतृत्व गर्दै गाउँमा विद्युत् सेवा विस्तार गरेसँगै स्थानीयवासी हर्षित बनेको शिक्षासेवी लक्ष्मीप्रसाद दाहालले बताए । उनले भने– ‘सामुदायिक वनको अथक प्रयासपछि यस ठाउँमा बिजुली आएको छ, यो हामी राजगढवासीका लागि गर्वको विषय हो ।’ राजगढमा विद्युत् विस्तार भए पनि लो भोल्टेज भएपछि सामुदायिक वनकै पहलमा भोल्टेज सुधारका लागि तीन वटा ट्रान्सफर्मर जडान गरिसकिएको र दुई वटा ट्रान्सफर्मर केही समयभित्र जडान गरिने अध्यक्ष ढकालले जानकारी दिए ।

९५६ घर धुरीले विद्युत् सेवा लिए पनि चार सय १४ घरमा भने अझै पनि मिटर जडान गर्न नसकिएको अध्यक्ष ढकालको भनाइ छ । नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रमा मिटर नआउँदा उपभोक्ताले सहज रुपमा मिटर प्राप्त गर्न सकेका छैनन्– अध्यक्ष ढकालले भने– सवैलाई मिटर प्रादन गर्न हामी प्राधिकरण समक्ष पहल गरिरहेका छौं ।

सामुदायिक वनले आफ्ना उपभोक्तासंग सहकार्य गर्दै नेपाल सरकारसंग ८०/२० को कार्यक्रम सञ्चालन गरेपछि अहिले साविक राजगढको बजार दक्षिण तर्फका सर्वसाधारण लाभान्वित भएका छन् । अझै पनि राजगढसहित वाह्रदशी गाउँपालिकाका सवैको घरमा विद्युत्को पहुँच पुगेको छैन । गाउँपालिकाले एक वर्ष अघिबाट आफ्नो गाउँलाई उज्यालो गाउँपालिका घोषणा गर्ने भन्दै एक करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । चालूआर्थिक वर्षका लागि पनि गाउँपालिकाले एक करोड रुपैयाँ वजेट विनियोजन गरेको गाउँँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले जानकारी दिए ।

सामुदायिक वनको एक्लो प्रयासमा एकैपटक यतिधेरै घरधुरीमा विद्युत् विस्तार हुनु तथा वर्षाैदेखि तिर्न बाँकी रकम पनि सामुदायिक वनले नै तिरिदिनुले राजगढवासी हर्षित छन् ।

विद्युत् विस्तारसंगै दाउराको खपत घट्यो
मनकामना सामुदायिक वनका पदाधिकारी र वन हेरालूसंग केही वर्ष अघिसम्म दाउरा खोज्न जानेका बीचमा हात हालाहाल नै हुन्थो । ऊर्जाको वैकल्पिक श्रोत नभएपछि स्थानीय उपभोक्ताले जंगलकै भर पर्नु पर्ने बाध्यता थियो । जसका कारण वन फँडानी तीव्र रुपमा हुँदै आएको थियो । तर, सो क्षेत्रमा विद्युत् विस्तार भएसंगै दाउराको खपत घटेको अध्यक्ष ढकालको भनाइ छ । ‘घर–घरमा विजुली आएपछि राईसकुकरमा खाना पकाउँदा पनि दाउदा धेरै जोगिँदोरहेछ’– ढकाल भन्छन्– ‘अहिले धेरैले सिलिन्डिर ग्यासको पनि प्रयोग गरेका कारण जंगलमा दाउरा खोज्न जाने संख्या न्यून मात्रै छ ।’
विद्युत् विस्तारले वन संरक्षणमा टेवा
निम्न र मध्यम वर्गीय परिवारले वाहेक अरुले खासै दाउराको प्रयोग गर्न छाडेपछि सामुदायिक वन संरक्षणमा समेत टेवा पुगेको बताइन्छ । अध्यक्ष ढकाल भन्छन्– ‘खाना पकाउन राईसकुकुर र सिलिन्डर ग्यास सामान्य परिवारले पनि प्रयोग गर्दै आएका छन्, यसले जंगल पसेर लाथ्रा काट्ने चलन रोकिएको छ ।’

मनकामना सामुदायिक वन ५७१.७७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । जसमध्ये एक सय २ हेक्टर क्षेत्रफलमा विरुवा लगाइएको छ । प्रतिहेक्टर तीन हजारका दरले विरुवा रोपिएको अध्यक्ष ढकालले बताए । उनले भने– भिलेज होप पाटर्नरसिप नेपालसंग साझेदारी गर्दै तीन लाख ६ हजार विरुवा रोपिएको छ, जसमध्ये दुई लाख ७० हजार विरुवा भिलेज होपले उपलब्ध गराएको हो ।

पानी बग्ने वाहेक सवै ठाउमा विरुवा
मनकामना सामुदायिक वनले वन क्षेत्रभित्र पर्ने सवै ठाउँमा वृक्षरोपण गरेको बताइएको छ । १२ सय ९२ घरधुरी उपभोक्ता रहेको सामुदायिक वन संरक्षणमा १८ वटा उपसमूह बनाएर वन संरक्षण गर्दै सवै ठाउँमा विरुवा लगाइएको हो । पाँचवटा व्लकमा छुट्याइएको सामुदायिक वनमा मलेसियन साल, टिक, सिसौं, खयर, कदम, सतिसाल ,लटर, अमला, हर्राे–वर्राे, सिमल टाँकी चेक्रासी, विजय साल लगायतका १० हजार विरुवा उत्पादन गरेर पानी बग्ने ठाउँवाहेक सबै ठाउँमा वृक्षरोपण गरिएको अध्यक्ष ढकालले बताए । उनले भने– जिल्लाका विभिन्न सामुदायिक बन अतिक्रमणको चपेटामा परिरहेका वेला हामीले यो वनलाई जिल्लाकै नमूना बनाएर वन संरक्षणको सन्देश दिने लक्ष्य राखेका छौं ।’

मनकामनाको ध्यान पर्यटनतर्फ
वन क्षेत्रका सवै खाली ठाउँमा विरुवा रोपेर जोरकुवा सिमसारदेखि लक्ष्मीथानसम्म पोखरी निर्माण गर्दै आन्तरिक पर्यटनको गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यका साथ कार्य योजना अघि बढाइएको अध्यक्ष ढकालले बताए । उनले भने– पाँच किलोमिटर क्षेत्रफलभित्र पर्ने यो पोखरी नै जिल्लाको ठूलो पोखरी हो, यसको संरक्षण गर्दै जिल्लाकै उत्कृष्ट पर्यटकीय क्षेत्र बनाउँछौं ।
पोखरीको लम्वाइ चौडाइ पाँच किलो मिटर छ– अध्यक्ष ढकालले भने– महाभारतकालसँग जोडिएको यसको इतिहास खोजी गर्ने र जोरकुवाको संरक्षण गर्ने हो भने यो क्षेत्र झापाकै आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्छ । जोरकुवालाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सामुदायिक वनले सम्भाव्यता अध्ययन गरेको र यसै आर्थिक वर्षबाट काम शुरु गर्ने अध्यक्ष ढकालको भनाइ छ ।

बाह्रदशी वनमा धनी
वाह्रदशी गाउँपालिकामा चारवटा सामुदायिक वन रहेका छन् । यहाँ मनकामनासहित वाह्रदशीमा लक्ष्मीस्थान, साधुपर्ती र बाह्रदशी सामुदायिक वन रहेका छन् । तिनै चार सामुदायिक वन क्षेत्रभित्र पर्ने वाह्रदशी डाँडामा रहेको साधुकुटीको संरक्षण र सम्बद्र्धन गर्दै पर्यटकीय केन्द्रका रुपमा विकास गर्न गाउँपालिकाले ५० लाख रुपैयाँ बजेट समेत विनियोजन गरेको छ । गाउँसभाबाट स्वीकृत बजेटमार्फत साधुकुटीको संरक्षण गर्न पहल थालिएको हो ।
वाह्रदशी गाउँपालिकाकै मनकामना वन क्षेत्रभित्र पर्ने जोरकुवा र त्रिवेणी धामको पनि विकास गर्न सकिए उत्कृष्ट पर्यटकीय गन्तव्य हुन सक्ने स्थानीयले वताएका छन् । उनीहरुले सो क्षेत्रको विकासका लागि स्थानीय, प्रदेश र केन्द्रसरकार समक्ष बजेट माग गरेको स्थानीय जगदीश घिमिरेले बताए । उनले भने– वनमा धनी वाह्रदशीमा चार सामुदायिक वन छन् सवै एउटा न एउटा पर्यटकीय गन्तव्यका लागि प्रशिद्ध छन् । वाह्रदशीको अर्काे सामुदायिक बन हो– लक्ष्मीस्थान । यो सामुदायिक वनभित्र पनि लक्ष्मीस्थान मन्दिर रहेकाले यसको संरक्षण गरिनुपर्ने स्थानीयको माग छ ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com