Aamsanchar

शुद्र दासताबाट छुट्दैन कमारो बन्नु नै त्यसको स्वभाविक कार्य हो

Author Image
शुक्रवार, साउन २५, २०७५

के गर्नु तँ र म पो साथी, सँगै खाँदा, बस्दा केहि हुँदैन तर घर भित्र त तँ काँहा छिर्नु हुन्छ र । बुवा आमा बुढाछन् सानो जातको भनेर थाहा पाए भने मार्छन् मलाई । यो कुरा तँपाईले तपाईको साथीलाई वा साथीले तपाईलाई भनेको हुनु सक्छ । जुन सुकै शहरमा बसेर आर्दशका भाषण गर्नेले पनि जातिय बिभेद गरिने रहेको देखिन्छ । ‘म’ हिन्दु हो । मेरै धर्मको कारण पनि जातिय बिभेद हुनमा मलजल मिलेको देखिन्छ ।

मुलुक धर्म निरपेक्ष घोषणा भएको एक दशक बितिसकेको छ । जातिय बिभेद गर्नेलाई संबिधानमा नै दण्डनीय अपराधको रुपमा उल्लेख गरिएको छ । सबैलाई थाहा छ जातिय बिभेद बैज्ञानिक रुपमा असत्य र सामाजिक रुपमा कलंक हो तर पनि यो किन रोकिएको छैन ?
जयस्थिति मल्ल (१३८० १३९४) ले जातको आधारमा पेशा किटान गरी जातिय बिभेद शुरुगरेको इतिहासमा सबैले पढेकै हो ।

तर, हिन्दुहरुको मुख्य ग्रन्थ मनुस्मृतिमा त्यो भन्दा पहिले नै लेखिएको छ ‘शुद्रं तु कारयेद्दास्वं क्रीतमक्रीतमेव वा, दास्या यैव हि सृष्टो सौ बाह्मणस्य स्वयंभुना’ अर्थात किनिएको भए पनि त्यसै पाइएको भएपनि शुद्र दासताबाट छुट्दैन कमारो बन्नु नै त्यसको स्वभाविक कार्य हो । यो पढ्ने धेरैलाई जातिय बिभेद गर्न अझ हौसला मिलेको देखिन्छ ।

शास्त्रकै कुरा गर्दा गौतम सुत्र १२ मा भनिएको छ ‘अथाह वेदमुपशृण्व तस्त्रपु जतुभ्यां श्रौत परिपूरणम् । उदाहरणे जिह्वाच्छेदधारणे’ अर्थात शुद्रले वेद सुनेमा सिसा, लाहा पगालेर कानमा हालिदिनु । मन्त्र उच्चारण गरेमा जिब्रो काटिदिनु । कण्ठस्त पारेमा ज्यानै खतम गरि दिनु । यस्तो ग्रन्थलाई मुख्य मानिएका हामी हिन्दुहरले अहिले पनि जाति बिभेद मात्र गर्नु त सामान्य नै हो । त्यसैमा अगाडि भनिएको छ ‘ उच्छिष्टमन्नं दाताव्यं जीर्णानि बसनानि च, पुलकाश्चैव धान्यानां जीर्णश्चैव परिच्छद ।’ शुद्रलाई जुठो अन्न, पुराना कपडा, परालको ओच्छान र थोत्रा कपडा थाङना दिनुपर्छ ।


बज्रसूची यपनिषद् अनुसार पुराणप्रसिद्ध ऋषिहरु पराशर चाण्डाल्नीबाट, बशिष्ठ बेश्याबाट, विश्वामित्र क्षेत्रीनीबाट, भारद्धाज शुद्रस्त्रीबाट र नारद दासीबाट जन्मेको कुरालाई सबै भुलिसकेका छन् । मानिस जुन सुकै कुलमा जन्मिए पनि उ कर्मका आधार ठुलो हुन्छ भन्ने कुरा पढेर शिक्षित भएका तर सचेत नभएकाहरुले कहिले बुझलान् ?

अहिले पनि अन्तर जातिय विवाह गरेका कारण सायौ जोडीहरु गाउँ छाडेर हिडेको समाचार आइनै रहेका छन् । मैले हिन्दु धर्ममा मात्र यो बिभेद छ भनेको हैन अरु धर्मको तुलनमा बढी छ मात्र भनेको हो । संविधानमा प्रष्ट छ जातिय बिभेद बिरुद्ध अधिकार तर पनि रोकिएको छैन । यसमा सरोकारवाला निकायको दोष पक्कै छ । शदियौबाट एउटै जतिको देशमा राज भए पछि अन्य जातको पहिचान हराउँदै जानु सामान्य हो । जातिसँग संस्कृती जोडिएको हुन्छ संस्कृतले हरेक जातिलाई पहिचान गराउँछ तर आज पहिचान तिनै जाति समुदाय, जसको ऐतिहासिक विभेदका कारण वर्तमानमा आइपुग्दा आफ्नो पहिचान हराएको छ ।

यस्तो अस्थामा जसले सामन्तिसत्ताको निर्माण गर्दै राष्टिय समुदायको रुपमा आफ्नो पहिचान स्थापित गरिसकेका समुदाय छन् तिनीहरुले ती बिभेदित, उत्पीडित जाति वा समुदायको पहिचान स्थापित गर्न सहयोग गर्नुपर्दछ । विरोध गर्नु स्वाभाविक रुपमा अन्यायपूर्ण हुन्छ । यहींनेर बर्गीय पक्षधरताको कुरा मुख्य हुँदो रहेछ र यो वर्गसंघर्षसँग अभिन्न रुपमा जोडिँदो रहेछ ।

कानुनी दस्ताबेज फेरिए, सासक र शासितको अनुहार फेरियो तर ्शासनशैली कहिले फेरिएन । जातिय बिभेद अन्त्य दस्ताबेजमा मात्र सिमित गर्नु भन्दा सबैले आआफ्नो ठाउँबाट पहल गरेर सम्मुनत नेपाल निर्माणको मूख्य समस्याको रुपमा रहेको जातिय बिभेद अब संबिधानमा मात्र हैन मनबाटै हटाउन आवश्यक रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर