Aamsanchar

गाली गर्दा होस गर्नुस् जेल पर्नुहोला नि !

Author Image
शुक्रवार, साउन २५, २०७५

काठमाडौं,

रिस उठ्यो भन्दैमा कसैलाई जथाभावी गाली नगर्नुस् है, पर्नुहोला नि फन्दामा । कसैलाई गाली गरेमा १० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुन्छ ।

त्यति मात्र होइन एकवर्ष कैद वा दुवै सजाय पनि हुन सक्छ । मुलुकी अपराध (संहिता) ऐन–२०७४ ले यस्तो व्यवस्था गरेको हो, जुन आउँदो भदौ १ गतेदेखि लागू हुँदैछ । २०१६ सालमा बनेको गाली र बेइज्जतीको ऐन–२०१६ माथि २०३७ सालमा पहिलो संशोधन गरिएको थियो ।

सर्वसाधारणको इज्जत र मानमर्यादा कायम राख्न पाउने अधिकारको रक्षाका लागि गाली र बेइज्जतीको कसुरको निम्ति सजायको व्यवस्था गर्न आवश्यक देखिएकाले ऐन जारी गरिएको उल्लेख छ ।

यसमा कसैले कसैलाई गाली गरेमा १० हजार रुपैयाँसम्म जरिवाना, एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । कसैले कसैको बेइज्जती गरे वा गराएमा निजलाई दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।

विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जती गरे वा गराएमा त्यस्तो सजायमा थप एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म थप हुनेछ ।

मरिसकेका कुनै व्यक्तिलाई यस परिच्छेदबमोजिम बेइज्जती गरेको ठहरिएमा कसुरदारबाट त्यस्तो बेइज्जतीबाट भावनामा चोट लागेको निजको हकवालाई क्षतिपूर्ति दिनुपर्ने पनि उल्लेख छ ।-उज्यालो अनलाइनबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर