Aamsanchar

जिल्लाव्यापी गोलकप प्रतियोगिता

Author Image
शुक्रवार, साउन २५, २०७५

भक्तपुर । 

भक्तपुरमा आयोजना भएको जिल्लाव्यापी अण्डर–१६ फूटसल गोलकपको उपाधि आदर्श जनप्रेमी मावि कौशलटारले हात पारेको छ । प्रतियोगिताको आज भएको फाइनल खेलमा मोर्डन स्कूललाई टाइबेकरमा ३–१ गोल अन्तरले हराउँदै जनप्रेमीले उपाधि हात पारेको हो ।

प्रतियोगितामा प्रेशियस स्कूल बालकोटले क्याण्डिड इन्टरनेशनल स्कूललाई १–० को गोल अन्तरले हराउँदै प्रतियोगितामा क्रमशः तेस्रो र चौथो भएका छन् । भक्तपुरको सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमी नगरपालिकाको सहयोगमा युवाका साथ आवाज नामक संस्थाले गत मंगलबारदेखि आयोजना गरी आज सम्पन्न प्रतियोगितामा जिल्लाका ३२ विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई प्रदेश नं ३ का प्रदेश सदस्य शशिजंग थापाले नगद रु १५ हजार, रु १० हजार र रु पाँच हजारसहित पदक तथा शिल्ड प्रदान गर्नुभयो । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई पदक प्रदान गरियो ।

कार्यक्रममा प्रदेश सदस्य थापाले खेलकूदको विकासले मात्र अन्तर्राष्ट्रियरुपमा नेपालको परिचय र गौरव स्थापित हुन सक्ने भएकाले सरकारले खेलकूदको विकासमा ध्यान बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालय तहदेखि नै राष्ट्रिय प्रतिभाशाली खेलाडी उत्पादन गर्न सकिने उल्लेख गर्दै क्रिकेटमा जस्तै फूटबलमा पनि नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्न सक्ने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर