Aamsanchar

सचेतना अभियान

Author Image
शुक्रवार, साउन २५, २०७५

पोखरा। 

बढ्दो मानव बेचबिखनलाई नियन्त्रण गर्ने सोचका साथ थ्री एञ्जल्स नेपालले सचेतना अभियान थालेको छ । मानव बेचविखनको मारमा विशेषतः १६ वर्षदेखि २५ वर्ष उमेर समूहका युवायुवती पर्ने गरेको अवस्थालाई दृष्टिगत गरी सचेतना अभियान शुरु गरिएको हो ।

थ्री एञ्जल्स नेपालका फिल्ड संयोजक झरना शर्माका अनुसार संस्थाले कास्कीका अमरसिंह नमूना मावि, अमरसिंह, सिद्ध मावि, फलेपाटन, राम आधारभूत विद्यालय, सिमलचौरलगायतका विद्यालयमा सचेतना कार्यक्रम सम्पन्न गरिसकेको छ ।

पछिल्ला समयमा मानव बेचविखनमा नयाँनयाँ प्रयोग बढ्दै जानु चुनौतीपूर्ण बनेको भन्दै संस्थाले प्रयोगात्मक विधिको माध्यमबाट यस सम्बन्धमा सचेतना प्रदान गरेको हो । प्रत्येक विद्यालयमा ७५ जना विद्यार्थीलाई १५÷१५ जनाको दरले समूहमा विभाजन गरी खेलका माध्यमबाट ७५ मिनेटको समयावधिमा मानव बेचबिखन सम्बन्धमा जानकारी गराउने गरिएको उहाँले बताउनुभयो ।

सचेतनाको अभावमा युवायुवती दिनानुदिन बेचविखनमा परेका समाचार आउने गरेको राम आधारभूत विद्यालयका प्रधानाध्यापक तीर्थराज न्यौपाने बताउनुहुन्छ । ‘‘मानव बेचबिखन नियन्त्रणका लागि यस किसिमका सचेतना कार्यक्रमलाई प्रभावकारी बनाउनु आवश्यक छ’’ उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)