Aamsanchar

निःशुल्क उपचार

Author Image
शनिवार, साउन २६, २०७५

बुटवल। 

बुटवलमा सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा एक वर्षको अवधिमा एक हजार १५९ गरीब तथा विपन्न वर्गका बिरामीले निःशुल्क उपचार गराएका छन् ।

आर्थिक वर्ष २०७४÷०७५ मा निःशुल्क सेवाका लागि सरकारबाट प्राप्त सहयोग र अस्पताल आफैँले उपलब्ध गराएको निःशुल्क सेवाबाट बिरामीले सो सुविधा प्राप्त गरेका हुन् ।

निःशुल्क उपचारका लागि मुटु र मिर्गौलाको उपचारमा सरकारले उपलब्ध गराउँदै आएको सहयोग र अस्पतालबाट गरी रु छ करोड ९९ लाख ८९ हजार ४०६ बराबरको खर्च ब्यहोरिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिनुभयो ।

आर्थिक अभावका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित हुनु नपरोस् भनेर अस्पतालले आर्थिक अवस्था अत्यन्त कमजोर भएका बिरामीलाई निःशुल्क उपचार गर्दै आएकामा ५१६ जनाले सो सुविधा उपभोग गरेका थिए ।

मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा निःशुल्क उपलब्ध गराउँदै आएकामा सबैभन्दा धेरै ३३१ मिर्गौलाका बिरामीले रु चार करोड, सात लाख ५२ हजार ५०० बराबरको नियमित डायलाइसिस सेवा लिएको अस्पतालले जनाएको छ
त्यस्तै ३१२ जना मुटुका बिरामीले सरकारले उपलब्ध गराएको निःशुल्क सेवा लिएका छन् । मुटुका बिरामीका लागि रु दुई करोड, २४ लाख ९४ हजार २११ बराबरको निःशुल्क उपचार बापत खर्च गरिएको अस्पतालले जनाएको छ । २०७० सालमा स्थापना भएको उक्त अस्पतालमा मुटुको क्याथल्याब सेवासहित १७ वटा डायलोसिस उपकरण सञ्चालित छन् ।

स्थानीय उद्योगी तथा व्यवसायीको सक्रियतामा गैरनाफामुखीरुपमा सञ्चालनमा आएको सो अस्पतालमा पछिल्लो समय विभिन्न रोटरी क्लबमार्फत रोटरी फाउण्डेसनले सहयोग उपलब्ध गराउँदै आएको छ ।

बुटवलमा विशेषज्ञ सेवासहितको क्लाथल्याब सञ्चालनमा आएपछि मुटुको एन्जीयोग्राम, एन्जीयोप्लाष्ट र पेशमेकर राख्ने कार्यका लागि थोरै भए पनि बुटवल बाहिर जानुपर्ने बाध्यता हटेको अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा समिर गौतमले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर