Aamsanchar

बलात्कार पीडित लाम्गादे परिवारलाई सहयोग

Author Image
शनिवार, साउन २६, २०७५

खुदुनाबारी, 

अर्जुनधारा–२ स्थित एक साता अघि चार वर्षीया बालिकामाथि बलात्कार पीडित लाम्गादे परिवारलाई अर्जुनधारा वडा कार्यालय, सामाजिक संघसस्था, सामाजिक अगुवाहरुले सहयोग रकम सहित खाद्यान्य उपलब्ध गराएका छन् ।

पीडित बालिका परिवारलाई अर्जुनधारा–२ वडा कार्यालयले २ हजार २ सय रुपैया, स्थानीय शान्ति सामुदायिक वन उपभोक्ता समूहले ५ हजार रुपैंया, सामाजिक अगुवाहरुबाट संकलित १९ सय रुपैंया नगद रकम सहित चामल, दाल, खाने तेल खाद्यान्य समेत हस्तान्तरण गरेका हुन् ।

पीडित बालिकाको घरमा पुगी उक्त रकम उपचार खर्चमा सहज होस भन्ने उदेश्यले हस्तान्तरण गरिएको सामाजिक अगुवा योगेन्द्र आचार्यले बताए । आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले सहयोग गरेको आचार्यले बताए । लाम्गादे परिवारको सहयोगको लागि सबै सँग आव्हान गरिसकेको बताइएको छ ।

उक्त हस्तान्तरण कार्यक्रममा अर्जुनधारा–२ का वडाअध्यक्ष रघुनाथ खनाल, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ झापका अध्यक्ष योगेन्द्र आचार्य, शान्ति सामुदायिक वनका अध्यक्ष तुलसी प्रसाद खतिवडा, युवा समाजसेवीद्धय होमनाथ दुलाल, अमर परियार, महिला नेतृ सावित्रा सापकोटा लगायतको उपस्थिती रहेको थियो ।

बलात्कार प्रयासका आरोपी छिमेकी १५ वर्षीय विजय गजमेरलाई केहीदिन अघि मात्र प्रहरीले प्रकाउ गरिसकेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)