Aamsanchar

झापामा फिल्म निमार्णको तालिम सुरु हुदैं

Author Image
शनिवार, साउन २६, २०७५

झापा ।

कान्तिपुर फिल्म एकेडेमी काठमाडौंले पूर्व झापादेखि पश्चिम कन्चनपुरसम्म फिल्म निर्माण सम्बन्धि एकहप्ते तालिम दिने भएको छ ।

एकेडेमीले फिल्म निर्माण सम्बन्धि शिक्षा दिने, फिल्ममा साक्षरता बढाउने र नयाँ जाकरुक फिल्म निर्माता तथा स्टोरी राईटरहरुलाई प्रोत्साहन गर्ने उदेश्यले पूर्वमा झापादेखि तालिम शुरु गरेको हो ।

अहिलेसम्म उपत्यका बाहिर फिल्म सम्बन्धि शैक्षिक कार्यक्रम तथा वर्कशप जान नसकेको भन्दै यो कार्यक्रम प्रत्येक जिल्लामा सञ्चालन गर्ने एकेडेमी समुहले जनाएको छ ।बिर्तामोड, इटहरी, दाङ, हेटौडा, नारायाणघाट, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा साउन २७ देखि असोज १८ गतेसम्म फिल्म निर्माण सम्बन्धि वर्कशप सञ्चालन गरिने एकेडेमीका कार्यकारी प्रमुख प्रकाश पुरीले जानकारी दिए ।

उपत्यकामा दिनको ३ घण्टाले एक महिना सञ्चालन गरिने कोर्ष ६ दिनमा दिनको ७ घण्टाका दरले सञ्चालन गरिने पुरीले बताए । उनले बिद्यार्थीबाट ६ दिनको १० हजार शुल्क लिइने जानकारी दिए । शुक्रवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरि विहान १० बजेदेखि बेलुका ५ बजेसम्म कक्षा सञ्चालन गरिने एकेडेमीका अध्यक्ष तथा फिल्म निर्माता छविराज ओझाले बताए ।

फिल्म निर्माण सम्बन्धि चासो भएका जो कोहीले वर्कशपमा सहभागी हुन पाउने उनले बताए ।तालिमका लागि झापामा २० जना बिद्यार्थी तयार रहेको एकेडेमी समुहले जनाएको छ । कार्यक्रमको सञ्चालन सुरज प्रधानले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर