Aamsanchar

यसकारण ध्यान गर्न जरुरी छ

Author Image
सोमवार, साउन २८, २०७५

अमित संग्रौला

ध्यान भनेको सजकतापुर्वक केही नगरिकन विश्राम गर्ने कला हो ।आँखा बन्द गरेर आफ्नो अंतरमन भित्र निहाल्नु हो।आफ्नो मन भित्र विभिन्न किसिमका कुराहरु आइरहन्छन्।

ति तरङ्ग हरुले मनलाई भारी भएको महसुस गराउँछ।हाम्रो मनमा असङ्ख्य विचार हरु आइरहन्छन्।ति विचारहरुले गर्दा आफ्नो मनमा तनाव र चिन्ता गराउँछ।यि कुरा हरुबाट बच्न ध्यान गर्न आवस्यक छ।ध्यानले हामीलाई मनमा उर्जा दिन्छ।ध्यान गर्नाले हामी सकारात्मक र हाम्रो जीवन सजकता बनाउन मद्दत गर्छ।ध्यान निरन्तर गर्नाले हामी भित्र को प्राण शक्ति बढाउँछ।विश्व स्वास्थ संघसंगठनको अनुसार ढण्५ मान्छेहरु विपरीत किसिमले श्वास फेर्दछ्न।

ध्यानको निरन्तर अभ्यासले हाम्रो स्वासको गरि पनि मिल्दै जान्छ।मनको स्तरमा बलियो हुन्छौ।मनका रोग हरु पनि हटेर जान्छ।तनाव चिन्ता भय उदासीनता हट्छ।मनको स्तरमा निक्कै शक्तिशाली भएर जान्छ।ध्यानको अभ्यासले गर्दा खेरि आफु लाई धेरे फाइदा गर्छ नै र त्यसको वरिपरि बाताबरण लाई सकारात्मक उर्जा दिन्छ।मरेका मान्छेहरु सम्झेर एक मिनेट किन मौन धारण किन गरिन्छ रुकिनकि तिनीहरुको पृत आत्मा हरुले समेत शान्ति पाउछन् त्यो भएर मैन धारण गरिएको हो।हामी ड घन्टा सुत्दा जति विश्राम हुन्छ त्यतिनै बीस मिनेटको ध्यानले गर्दा आउछ।

ध्यानले गर्दा खेरि जीवनमा ज्ञान बढेर जान्छ।हामी नेचुरल हेप्पी हुन्छौं।जुन जीवनमा बाचिरहेका हुन्छौ । त्यसको गुण बढ्छ।ध्यानको माध्यम बाट सजिव निर्जीव प्रकृतिमा भएका सबै वस्तुहरु सँग प्रेमको भावले हेर्न सक्छौ।हाम्रो बोल्ने शैली सोच्ने तरिका जीवन प्रद्दिती मै फरक ल्याउछ।मैले आफ्नै अनुभवमा लेखेको हो।मैले आर्ट अफ लिविङ बाट ध्यान गर्ने कला सिकेको हो।र म आफ्नो जीवनबाट असाध्यै खुशी छु।

मलाई योग ध्यान आध्यात्म तिर बाटो देखाउने आर्ट अफ लिभिङका प्रक्षिक्षक सन्जय शिवाकोटी प्रती हार्दिक आभारी छु।हामी सबैजना नुहाउछौ त्यो सबैलाई थाह नै ।त्यो त शरीरको लागी हो ।मनको लागी ध्यान हो।ध्यानले पवित्रता ल्याउछ।भाव चित्त शुद्ध गर्छ।मन गह्रौ बाट हलुकापन बनाउछ।हामी भित्र खाली महसुस गर्न सक्दछौ।जीवनमा ध्यान सँगसँगै ज्ञानमा पनि जोडिन पुग्दछौ।

हाम्रो जीवन पनि सकारात्मक भएर जान्छ।प्रायः गरेर मान्छेहरु बिहोसमा बाचिरहेका हुन्छन्।तिनीहरु लाई जीवनको मुल्य अर्थ थाहै नै हुदैन।उनीहरु अज्ञानता मा बच्दछ्न।ध्यानले ज्ञान दिने हो।हाम्रो जीवन फुल जस्तै मुस्काउन सक्छ।बिहोसी बाट होसमा ल्याउने काम गर्छ।अज्ञानता बाट ज्ञानमा फर्काउछ।मन विचार भाव शुद्ध हुदै हाम्रो जीवनमा पवित्रता बनाउछ।हामी किन बाचिरहेका छौ भन्ने बोध गराउछ।जीवनमा कृतज्ञता अनुभुती बढ्दै जान्छ।मैले यो लेख लेख्दा म धेरै कृतज्ञ भएको थिए।

जीवनमा ध्यान योग को धेरै नै महत्त्व छ। म शव्दमा भन्न सक्तिन।ध्यान भन्नु नै जीवनमा सजकता ल्याउनु हो।हाम्रो जुन चेतना छ।त्यसलाई अझै जाृगत मा ल्याउछ ।हामी भित्र बाट नै खुल्दछौ। हाम्रो जीवनलाई अझै सहज सरल बनाएर अघि बढ्न सक्छौ।ध्यान नै ज्ञान हो । चेतना हो।मानौ सबथोक हो।हामी भित्र रहेका प्रतिभा हरु फस्फुटन भएर जान्छ।हाम्रो चेतना र प्रतिभा अझै विकसित भएर जान्छ।त्यो ध्यान गर्न धेरै आवस्यक रहेको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 303

प्रतिक्रिया (०)

सम्बन्धित खबर