Aamsanchar

संयुक्त तीज धमाका-२०१८ मा सहभागी हुन नेपालबाट रोज, खुमन र रमिला युएई आउँदै

Author Image
मङ्गलवार, साउन २९, २०७५

सुर्य खवास / युएई,

नेपाली हिन्दु नारीहरुको महान चाड तीजको अवसरमा नेपालिहरुको जेठो संस्था नेपाली समाज युएईको संयोजन तथा युएईमा क्रियाशील विभिन्न सामाजिक संघसंस्थाहरुको सहभागितामा “संयुक्त तीज धमाका-२०१८” कार्यक्रमको अन्तिम तयारी पुरा भएको छ ।

युएईमा क्रीयाशिल चार दर्जन बढी जातिय, जिल्लागत, सामाजिक तथा राजनैतिक संघ संस्थाको सहभागिता रहने उक्त कार्यक्रममा “रुमाल चिनो लैजाउ…., सिलाई दिउला भोटो…….., आफ्नोकाम गर्दा तल परिन्न…….” जस्ता गितका चर्चित लोक गायक खुमन अधिकारी, सेलो गायक रोज मोक्तान, र लोक गायिका रमिला न्यौपाने युएई आउने भएका हुन । सोहि कार्यक्रममा रोजगारीको शिलशिलामा युएईमा रहेका चर्चित नेपाली कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

नेपालिहरुको संस्कृतिको जगेर्ना गर्ने मुल उदेश्यकासाथ हुनगैरहेको उक्त कार्यक्रमबाट उठेको रकम युएईमा विभिन्न समस्यामा परेका नेपालीहरुको सहयोगमा लगाईने नेपाली समाज युएईका अध्यक्ष सिपी सापकोटाले जानकारी दिएका छन्।

आगामी ३१ अगष्ट का दिन दुबईको अलकुज स्थित डल्स्को हलमा आयोजना हुने उक्त कार्यक्रममा युएईमा रहने सम्पुर्ण नेपालिहरुलाई सहभागिताकोलागी आयोजकले आग्रह गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 392

प्रतिक्रिया (०)

सम्बन्धित खबर