Aamsanchar

म बहादुर बन्न चाहन्छु

Author Image
बुधवार, साउन ३०, २०७५

तिम्रो गर्भाशयमा बसेर
मैले कति संघर्ष गर्नुपर्यो
युद्ध लड्नु पर्यो
बाहिर आउनको लागी
म जन्मिनु भन्दा अघिल्लो दिन
तिमीले आँप खाएकी थियौ
कटहर खाएकी थियौ
यस्तो गर्मी हुने फल खाएर पनि
किन मेरो खुन तातेन
एउटा सिपाहीको विर्यबाट
म जन्मिएको हो म
आज आमासँग गुनासो छ
आज पनि म सुरक्षित छुइन
यो धर्तीहरुमा सिर्फ चुनौतीहरु मात्र छन्
देशको लागी लड्नु छ
युद्ध गर्नुपरेको छ जताततै
भ्रष्टाचार बलात्कार मात्र देख्छु
मेरो मन कति दुख्छ पिडा कति हुन्छ
जब म अखबारको पानाबाट
यस्तो खबरहरु देख्दछु
त्यसैले आज म
बलबद्र हुन चाहन्छु भिमसेन
हुन चाहन्छु देशको
सच्चा राष्ट्रसेवक बन्न चाहन्छु
हो यतिखेर म कमजोर हुने छैन
मेरो खुन पनि तातिन सक्छन्
जो देशद्रोही षड्यन्त्र रच्नेहरु लाई
,म छाड्ने छैन हो आमा त्यसैले
म बहादुर बन्न चाहन्छु आमा ।

अमित संग्रौला झापा ,बिर्तामोड हाल युएई
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 383

प्रतिक्रिया (०)

सम्बन्धित खबर