Aamsanchar

पूर्वमा नमुना बजारको नेतृत्व लक्ष्मीपुरले गर्दै

Author Image
बुधवार, साउन ३०, २०७५

सब्द तस्वीर :  कमल पाण्डे विनोद

झापाको पूर्व पस्चिम राजमार्ग अन्तरगत मुख्य सहर बिर्तामोडवाट ५ किलो मिटर पस्चिममा रहेको लक्ष्मीपुर चोकलाई धेरैका नयनले निहाली सकेको छ । सानो चोक त्यसमाथी पनि उचित अव्यवस्थापनको अभावमा अस्तव्यस्त फोहोर र जथाभावी फुटपाथ र सवारी पार्किक भएको कारण लक्ष्मीपुर कुरुप देखिन्थ्यो पहिले तर विगत एक बर्ष यता देखि लक्ष्मीपुरले क्रमस् शुन्दर स्वच्छ र व्यवस्थित नमुना बजार तर्फ उन्मुख हुदैछ । 

कनकाई–८, अर्जुनधारा–५ र बिर्तामोड नगरपालिकोे वडा नं.२ संगम स्थलमा पर्दछ लक्ष्मीपुर । करिव २५ किलो मिटर दक्षीणमा रहेको झापाकै ठुलो ग्रामीण बजार राजगढ र उत्तरमा करिव २० किलो मिटरमा अर्जुनधारा धाम, चुरे पहाड, घना जंगल, दुई ठुला खोला विरिङ, घाग्रा र पूर्वीय सभ्यताको एक अनुसन्धान केन्द्र भन्दा फरक नपर्ने साधुटार पुग्न सकिने चौ बाटोमा पर्ने लक्ष्मीपुर विकासको बाटोमा अघि बढे संगै धार्मिक तथा आन्तरिक पर्यटकको आवत जावत र जमघट हुने ठाउँको रुपमा स्थापित हुन सक्ने प्रवल सम्भावनाहरु तयार हुदै आएको छ ।

विगतका बर्षहरुमा सुगम ठाउँमा भएर पनि दुर्घम क्षेत्र झै विभिन्न सामाजिक समस्याले जेलिएर रहेको लक्ष्मीपुर बजार, अहिले आएर स्थानिय सरकार चयन भएपछी कनकाई नगरपालिका वडा नं.८, अर्जुनधारा नगरपालिका वडा नं. ५ र देशकै नमुना सहकारीको रुपमा स्थापित सहारा नेपाल साकोसको आर्थिक लगानी र स्थानिय सामाजिक अगुवाहरुको प्रयासमा लक्ष्मीपुर चोक र आसपासका क्षेत्रलाई विकासको रुप तयार पार्ने काम सुरुवात गरिएको छ ।

वडाले आ आफ्ना क्षेत्रमा सडक निर्माण र सहारा साकोसले सडक सोलार बत्ती र सिसी क्यामरा जडान गराई दिनुका साथै स्थानिय संघ संस्था र जुझारु नागरिकको एकताका कारण लक्ष्मीपुर नमुना बजार तर्फ उन्मुख भएको कनकाई वडा नं. ८ का अध्यक्ष प्रेमबहादुर कटुवाल बताउछन ।

चोक देखि पाँचसय मिटर उत्तरमा रहेको विहिबारे बजार लक्ष्मीपुरको लागि एक मुख्य खरिद बिक्री गर्ने थलोको रुपमा रहेको छ भने उक्त बजार र सो क्षेत्रको विकासको अर्को नमुनाको रुपमा रहेको सामुदायिक भवनलाई क्रमस आधुनिकी करण गर्दै लगेर लक्ष्मीपुरको विकासमा थप टेवा पुर्याउने अर्जुनधारा वडा नं. ५ का अध्यक्ष ध्यानबहादुर भारतीले बताए ।

पछिल्लो समय एता लक्ष्मीपुरले लिएको विकासको गति क्रमसंगै हाल सम्म लक्ष्मीपुरमा विभिन्न संघ संस्थाहरु खुली सकेका छन । कनकाई ८ को वडा कार्यालय, बैक, सहकारी, स्कुल कलेज, स्वास्थ्य क्लिनिक, लक्ष्मीपुर खानेपानी संस्थान, विहिबारे र लक्ष्मीनारायण सामुदायिक भवन, मझौला उद्योगहरु लगायतका सामाजिक आवसेकतालाई परिपुर्ती गर्ने विभिन्न व्यवसायीक केन्द्रहरु खुलेका छन ।

अहिले लक्ष्मीपुरमा पुग्ने जो कोही एक छिन चोकलाई हेर्न बाध्य हुन्छन, बाध्यहुनुको कारण फराकिलो मुख्य सडक, उत्तर दक्षीणका शाखा बाटो कालोपत्रे र फराकिलो, बस बिसौनीलाई व्यस्त चोक भन्दा सय मिटर पर स्थानतरण, रिक्सा तिनचक्के र चारचक्के ठुला तथा साना सवारीको उचित पार्किङ स्थल, निस्चित ठाउँमा फोहोर फाल्नु पर्ने व्यवस्था, सडक बत्ती, सिसी क्यामरा, फुटपाथ पसल हटाउनु र मानिसका हरेक आवसेकताका सामान सियो देखी सुन सम्म लक्ष्मीपुरमै पाउन थाल्नुले त्याहाँ पुग्ने नयाँ व्यक्ति लक्ष्मीपुरले लिएको विकासको गतिलाई निहाल्न बाध्य हुने गरेको स्थानिय समाजसेवी कृष्ण चुडाल बताउछन ।

तर पनि भौतिक विकास संगै कुनै पनि सहर बजार गाउँ स्मार्ट मानिन सो स्थानमा बसोबास गर्ने नागरिक आफैमा शिक्षित, सव्य, नैतिक र सामाजिक हुृन जरुरी हुन्छ । स्थानिय प्रतिनिधी चयन पछि सामाजिक विकास कार्य गर्न मिलेको सहजतालाई अधिकतम सदुपयोग गरेर लक्ष्मीपुरका नागरिकले आफ्नो कुशल व्यवहार र संस्कार प्रर्दशन गरेको मान्न सकिन्छ लक्ष्मीपुरको विकासलाई हेर्दा ।

अब लक्ष्मीपुर केवल लक्ष्मीपुरवासीको मात्र रहेन लक्ष्मीपुर झापाकै एक नमुना बजार बन्दै गएकोले झापाको गौरव पनि हो त्यसैले त्याहाँ बनेका हरेक सामाजिक भौतिक बस्तुको संरक्षण र स्थानिय नागरिको सुरक्षा गर्ने दायित्व सरकारको हो । लक्ष्मीपुरमा ट्राफिक र जनपथ प्रहरीको स्थाई सेवा र विश्वका अन्य विकासउन्मुख मुलुकले गरेका सफल अभ्यास र थप सामाजिक सुसाशनका कार्यक्रमहरु ल्याएर लक्ष्मीपुरलाई देशकै नमुना बजारको रुपमा छिट्टै परिचित गराउन स्थानिय सरकार र नागरिक समाजकोे प्रयास निरन्तर रहन सकोस ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 367

प्रतिक्रिया (०)

सम्बन्धित खबर