Aamsanchar

एक्सपर्टको ब्राण्ड एम्बेसडर बने पारस खड्का

Author Image
बुधवार, साउन ३०, २०७५

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कालाई एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

नेपाली क्रिकेटको उत्थान र प्रवर्धनमा उल्लेखनीय योगदान गर्दै आएको भनि सर्भिसेजले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमविच कप्तान खड्कालाई ३ वर्षका लागि ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको हो ।सर्भिसेजका सिईओ सन्जिब शर्मा र कप्तान पारसले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। यद्यपी ब्राण्ड एम्बेसडरबापतको रकम भने खुलाईएको छैन ।

नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउन सफल भएका साथै घरेलु प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएका खड्कालाई ब्राण्ड एम्बेसडरमा चयन गरिएको बताएको छ।

सन् २००३ मा सिड्नीमा स्थापना भएको एक्पर्टका नेपाल, भारत , बंगलादेश, हङकङ, मंगोलिया, नाइजेरिया, फिलिपिन्ससमेतमा गरी ३१ वटा कार्यालयहरू छन्।नेपालमा सन् २००६ मा स्थपना भएको संस्थाले नेपाली विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया लैजादै आएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 250

प्रतिक्रिया (०)

सम्बन्धित खबर