Aamsanchar

२६ वर्षकी युवती पक्राउ, अपराध यस्तो कि सात जन्मलाई पुग्नेछ जेल सजाय

Author Image
बिहिवार, साउन ३१, २०७५

एजेन्सी।

अमेरिकाको पश्चिमी भर्जिनियामा २६ वर्षकी एक युवती निकै संगीन मुद्दामा पक्राउ परेकी छिन् । उनको अपराध यतिसम्म गम्भीर छ कि यदि यो अपराध प्रमाणित भयो भने उनले पाउने जेल सजाय मात्र सयौं वर्षको हुनेछ । यसबाहेक उनले करोडौं डलर जरिवानासमेत तिर्नुपर्नेछ ।

तारा पोन्सेरोफ नामकी २६ वर्षीया युवती चाइल्ड पोर्नोग्राफी (बालबालिकाको यौनजन्य सामग्री) उत्पादन र ओसारपसार गरेको अभियोगमा पक्राउ परेकी हुन् । उननलाई सुनुवाइका लागि आज अदालत उपस्थित गराइँदैछ । उनीमाथि कैयौं चाइल्ड पोर्नोग्राफिक सामग्रीहरु उत्पादन र ओसारपसार गरेको आरोप छ । उनले नोभेम्बर २०१७ देखि जनवरी २०१८ सम्म दुई बालबालिकाको यौनजन्य भिडियो उत्पादन गरेको र त्यसलाई ओसारपसार र बिक्रीवितरण गरेको आरोप लगाइएको छ ।

अमेरिकामा चाइल्ड पोर्नोग्राफीलाई निकै गम्भीर अपराध मानिन्छ । यो आरोप प्रमाणित भएमा तारामाथि प्रत्येक चाइल्ड पोर्नोग्राफिक सामग्री उत्पादन गरेको अभियोगमा प्रतिसामग्री ३० वर्ष जेल र २ लाख ५० हजार जरिवाना तिर्नुपर्ने सजाय हुनेछ । यसबाहेक ती सामग्री ओसारपसार गरेवापत २० वर्ष जेल र २ लाख ५० हजार जरिवानाको सजाय हुनेछ । उनले २ वटा मात्र सामग्री उत्पादन र ओसारपसार गरेको सजाय मात्रै १०० वर्ष जेल हुन सक्छ । उनीमाथि थुप्रै सामग्री उत्पादन र ओसारपसार गरेको आरोप छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर