Aamsanchar

स्कुलबाट फर्केकी छात्रा हेर्दाहेर्दै बाढिमा बगिन्, मोबाइलमा कैद भयो दृश्य (एक्सक्लुसिभ भिडियो)

Author Image
बिहिवार, साउन ३१, २०७५

काठमाडौं ।

अघिल्लो बर्ष राजधानीकै धुम्बाराहीमा स्कुलबाट फर्केकी छात्रा सत्या सापकोटा सडक छेउको ढलमा बगेको भिडियो भाइरल बनेको हामीमध्ये धेरैलाई याद नै होला । त्यस्तै अर्को एउटा भिडियोमा स्कुलबाट फर्केकी छात्रा बाढीमा बगेको दृश्य यहाँ प्रस्तुत छ ।

सिन्धुली जिल्लाको भिमान खोला तर्ने क्रममा एक छात्रा बगेकी हुन् । साथीहरूसँग हातमा हात समाएर खोला तर्ने क्रममा अचानक उनी बगेकी हुन् । स्कुल ड्रेसमा रहेकी, अगाडि झोला बोकेकी र छाता ओढेकी छात्रा अचानक बगेकी हुन् । बग्दै उनी ढिकबाट तल खसेको यो भिडियोमा देख्न सकिन्छ ।

स्कुले विद्यार्थीहरू खोला तर्दै गरेको अवस्थामा एक प्रत्यक्षदर्शीले यो भिडियो मोवाइलमा कैद गरेका हुन् । साउन २९ गते मंगलबारको यो घटनाले गतबर्षको धुम्बाराहीको ढलमा बगेकी छात्राको यादलाई ताजा गराइदिएको छ ।

यसैबीच बोलबम यात्राका लागि नेपाल आएका २३ सय भारतीय तिर्थ यात्रु सिन्धुलीकै कमला नदीमा अलपत्र परेको भिडियो भारतीय मिडियामा भाइरल बनेको छ ।[ओएस नेपालबाट]

हेर्नुस् स्कुले छात्रा बगेको डरलाग्दो भिडियोः

https://www.youtube.com/watch?v=G1f1UrwrzTI

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 465

प्रतिक्रिया (०)