Aamsanchar

यौनजन्य घटना नियन्त्रण तथा झापामा प्रहरीले यस्तो अभियान शुरु गर्ने

Author Image
शुक्रवार, भदौ १, २०७५

पार्थ मण्डल/ झापा ।

यौनजन्य घटना र नियन्त्रण तथा कारवाहीका लागि झापामा भिन्दै प्रहरी टोली गठन गरि परिचालन गरिने भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरिक्षक भिम प्रसाद ढकालका अनुसार झापामा हुने अपराधिक घटना मध्ये यौनजन्य घटना प्रमुख चुनौतीको रुपमा देखिएको छ ।

यसको नियन्त्रण र कारवाहीका लागि गाउँ गाउँ र भित्रि टोलहरुमा १सय ५० भन्दा वढी बिशेष प्रहरी परिचालन गरिने छ । एसपी ढकालले भन्नुभयो,”यौनजन्य घटना हुन नदिन ५० भन्दा बढी सादा पोसाकका प्रहरी समेत परिचालन गरिने छ ।”

बिशेषगरि एक्लो रुपमा रहेका बस्तीहरुका युवतीहरु आवत जावत गर्ने अपायक स्थानहरुमा रातको समयमा समेत प्रहरी पैदल या मोटरसाईकलबाट गस्ती गर्ने एसपी ढकालले बताए ।

यौनजन्य घटना बिरुद्ध भदौको पहिलो साताबाट प्रहरी परिचालन गर्नका लागि झापाका सबै प्रहरी पोष्ट, इलाका प्रहरी कार्यालय, प्रहरी चौकी र प्रहरी थानाका इन्चार्जहरुलाई निर्देशनात्मक आदेश दिइसकेको छ । केहि दिन अघि जिल्ला प्रहरी कार्यालयमा झापाका प्रहरी इन्चार्जहरुको बैठक बसी यौनजन्य घटना बिरुद्धको १५ दिने प्रहरी अभियानको बिषयमा प्रशिक्षण दिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापामा आव ७४।७५ मा १ सय ६ जना बिरुद्ध ९९ सय वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका छन् भने जबरजस्ती करणी उद्योगमा ३४ जना बिरुद्ध ३४ वटा मुद्दा दर्ता भएका छन् । यो महिनामा समेत २४ वटा जवरजस्ति करणीका मुद्धा दर्ता भइसकेको छ ।

झापामा गएको ३ वर्ष यता क्रमश जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगमा ७१।७२ मा ८५ वटा ७२।७३ मा ७२ र ७३ ७४ मा ७३ वटा मुद्दा दर्ता भएका छन् । यसरी जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता संख्या दर्ता हेर्ने हो भने झण्डै दोब्बर संख्यामा यौनजन्य घटना गत आव ७४ ७५ मा भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर