Aamsanchar

एनएमसीको २६ औं कार्यालय बुट्टाबारीमा

Author Image
शुक्रवार, भदौ १, २०७५

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. ले बुट्टाबारी सम्पर्क कार्यालय उद्घाटन भएको छ ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. ले २६ औं कार्यालयको रुपमा उद्घाटन भएको हो । सम्पर्क कार्यालयको रिवन काटेर उद्घाटन अर्जुनधारा नगरपालिका प्रमुख हरि कुमार रानाले गरेका थिए । नेपालमा एनएमसीले समुदायको अभियानमा मार्गदर्शकको भूमिका निर्वाह गरेको आफूले पाएको बताउँर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका रानाले अर्जुनधारा नगर क्षेत्रमा खाद्यपदार्थमा विष नियन्त्रण गरी आग्र्यानिक उत्पादनतर्फ प्रवेश गरिने बताए । उनले समुदायमा सामाजिक सद्भाव, महिला हिंसा नियन्त्रण र बालमैत्री वातावरण बनाउन प्रतिबद्ध रहेको बताए ।

संस्थाको संक्षिप्त परिचय तथा वर्तमान अवस्थाको बारेमा एनएमसी संञ्चालक समितिका उपाध्यक्ष लक्ष्मी उप्रेतीले जानकारी दिएका थिए । उप्रेतीले भने– संस्थाको बैङ्किङ कारोबारसँगै अब बहुव्यावसायमा प्रवेश गरिसकेको स्पष्ट पार्दै डेरी उद्योगपछि नमूना कृषि परियोजनामा हात हालेको जानकारी दिए ।

बिर्तामोड कार्यालय समितिका अध्यक्ष हरि प्रसाद आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा अर्जुनधारा–११ का वडा अध्यक्ष भैरव खड्का, समाजसेवी तेज बहादुर कन्दङ्वाले बोलेका थिए । मेदिनी न्यौपानेको स्वागत रहेको कार्यक्रम संञ्चालन बिर्तामोड कार्यालयका प्रमुख भूपाल गौतमले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 284

प्रतिक्रिया (०)

सम्बन्धित खबर