Aamsanchar

सन्त नेता वाजपेयीको अन्त्येष्टि, शव यात्रामा लाखौँ सहभागी

Author Image
शुक्रवार, भदौ १, २०७५

नयाँ दिल्ली,

भारतका सन्त नेता अटल विहारी वाजपेयीको अन्त्येष्टि गरिएको छ। अपराह्न ४ बजेपछि राजघाटनजिकै राष्ट्रिय स्मृतिमा उनको अन्तिम संस्कार गरिएको भारतीय सञ्‍चारमाध्‍यमहरुले जनाएका छन्।

अविवाहित र कविको पनि पहिचान बनाएका नेता वाजपेयीको बिहीबार साँझ ५ बजे निधन भएको थियो। अल इन्डिया मेडिकल इन्स्टिच्युट् अफ मेडिकल साईन्स (एम्स) ले बिहीबार साँझ उनको निधनको घोषणा गरेपछि भारतीय राजनीतिमा उनको योगदान र व्यक्तित्वको चर्चा शुरु भएको छ।

उनी भारतमा तीन पटक प्रधानमन्त्री बनेका थिए। उनको निधनप्रति दुख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द मोदीले उनको निधनले भारतवर्षमै ठूलो र अपुरणीय क्षति पुगेको बताए। उनले वाजपेजी भारतका एक सम्मानित व्यक्ति भएको पनि बताए।

वाजपेयीको श्रद्धाञ्जलिका लागि शुक्रबार बिहानबाट मध्याह्न १:३० बजेसम्म उहाँको पार्थिव शरीरलाई दीन दयाल उपाध्याय मार्गमा रहेको विजेपीको मुख्य कार्यालयमा राखिएको थियो। यसपछि उनको शवयात्रा निकालिएको थियो। यस यात्रामा लाखौँ सहभागी थिए।

वाजपेयीको अन्तिम यात्रामा हुनसक्ने ठूलो जनसहभागितालाई मध्यनजर गरेर शुक्रबार भारतीय राजधानी नयाँ दिल्लीकै सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर