Aamsanchar

युवापुस्ताको दिल जित्न आयो बजगाइँको ‘घुमायो मायाले’

Author Image
शुक्रवार, भदौ १, २०७५

काठमाडौं ।

गायक एवम् संगीतकार राजेन्द्र बजगाइँले ‘घुमायो मायाले…’ बोलको लोक अधुनिक गीत रिलिज गरेका छन् ।लोक आधुनिक फलेभरको यो गीतमा नौलो किसिमको प्रयोग गायक एवम् संगीतकार बजगाइँले गरेका छन् । युवापुस्ताको मनलाई गीतले पकड सक्ने उनको भनाइ छ ।

गीतमा बजगाइँ आफैले स्वर र संगीत दिएका छन् । भुवन शर्मा कँडेलको शब्द रहेको गीतमा केशव बाबुले एरेञ्ज गरेका हुन् ।म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको कोरियोग्राफी रहेको छ ।

डिआर अधिकारी र जेनेलिया श्रेष्ठले म्युजिक भिडियोमा अभिनय गरेका छन् ।गीत संगीतमा सौखिन गायक बजगाइँले आफ्ना सिर्जनाहरूबाट खुसी छन् । भन्छन्, ‘अहिलेसम्म गीत संगीतबाट खुसी छु ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)