Aamsanchar

छोरीलाई चर्पीमा डुबाएर भाग्ने आमा तरहरामा पक्राउ

Author Image
शुक्रवार, भदौ १, २०७५

काठमाडौं ।

दुई छोरीलाई चर्पीको खाल्डोमा डुबाएर भागेकी ताप्लेजुङकी अनिता विकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनलाई शुक्रबार सुनसरीको तरहराबाट पक्राउ गरेको हो । धरान जान लागेको सूचनाको आधारमा खोजी गर्दा उनलाई तरहरामा फेला पारेको ताप्लेजुङका प्रहरी निरीक्षक लक्ष्मणबहादुर थापाले जानकारी दिए ।

अनिताले आफ्ना दुई छोरीलाई चर्पीको खाडलमा डुबाएर भाग्दा एकजनाको डुबेकै ठाउँमा र अर्कोको उपचारका लागि झापा ल्याउदै गर्दा मृत्यु भएको थियो ।

प्रहरी र आफन्तले खोजी गर्दा उनी धरान जान लागेको सूचना पाएपछि पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 399

प्रतिक्रिया (०)

सम्बन्धित खबर