Aamsanchar

कार्टुन्ज क्रुको हिट गीत यसरी सुट गरिएको थियो ‘दन्ते मोहनी‘

Author Image
शनिवार, भदौ २, २०७५


हेर्दा निकै रमाइलो लाग्ने रोमान्टिक कमेडी शैलीमा तयार भएको गीत ‘दन्ते मोहनी‘ को म्युजिक भिडियो फरक शैलीमा बनाएको छ । त्यसैले ‘दन्ते मोहनी‘ को भिडियो कसरी निर्माण भयो होला भन्ने सबैलाई जिज्ञासा हुन सक्छ । यही जिज्ञासा मेटाउन हालैमा गीतको सुटिङ बेलाको भिडियो युट्युबमा सार्वजनिक गरिएको छ र सोही भिडियो हेर्नुहोस् आज ।

अहिले ‘दन्ते मोहनी‘ गीतको भिडियो युट्युब ट्रेन्डिङमा रहेको छ । गीतमा छायांकनको क्रममा निकै रमाइला दृश्यहरू कैद गरिएको छ । १४ मिनेट लामो भिडियोमा सुटिङका सबै दृश्यहरू समावेश गरिएको छ । ‘दन्ते मोहनी‘ बोलको गीत हिट भएपछि सुटिङको भिडियो सार्वजनिक भएको छ।

ुकार्टुन्ज क्रुुले फिचरिङ गरेको गीत ‘दन्ते मोहनी‘ले दर्शकको राम्रो साथ र प्रतिकृया पाएको छ । दर्जन बढि गीतमा अभिनय गरिसकेको नेपालका चर्चित डान्स क्रु कार्टुन्ज क्रुले गरेका सबै गीतहरु युट्युबको मिलियन क्लबमा प्रवेश गर्ने गरेका छन् । यो गीत पनि चाँडै नै २ करोड क्लबमा प्रवेश गर्ने तयारीमा रहेको छ । हालसम्म यस भिडियोले १८९५१९७ भिउज पाइसकेको छ ।

‘दन्ते मोहनी‘ बोलको गीतलाई उनीहरूले निकै नै रोमान्टिक कमेडी शैलीमा प्रस्तुत गरेका छन्। यस गीतमा सचिन फुयालको स्वर रहेको छ । कार्टुन्ज क्रुका सरोज अधिकारीको निर्देशनमा निर्माण भएको यस भिडियोमा सरोज , राम र सुबिनको कोरियोग्राफी रहेको छ ।

भिडियोलाई सुप्रीम पराजुलिले सम्पादन गरेका छन । भिडियोलाई सहायक निर्देशन भने लाक्पा डि लामाले गरेका छन् । यस गीतको एरेन्ज बालकृष्ण सेवाचार्यले गरेका हुन्। श्री थापा मगरको शब्द र संगीत रहेको छ । यो उनीहरूले गरेको अहिलेसम्मको फरक प्रकृतिको भिडियो हो ।
भिडियोमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा लामा, राम घले, सुबिन अधिकारी , विकास राई , पेम्बा मगर र साजन चौहानले गज्जबको डान्स र कमेडी गरेका छन् ।

हेर्नुहोस् गीत सुटिङको भिडियो :

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर