Aamsanchar

नेपाली दुतावास युएईद्वारा ३९१ जना नेपालि अवैधानिक रुपमा रहेको तथ्यांक सार्वजनिक

Author Image
शनिवार, भदौ २, २०७५

सुर्य खवास/यूएर्इ,

वैदेशिक रोजगारीका शिलशिलामा युएई आई विभिन्न कारणले आफू कार्यरत कम्पनीरघरबाट भागेर अवैधानिक रुपमा कार्यरत नेपालिहरुको तथ्यांक नेपाली दुतावासले १६ अगष्टका दिन एक सुचना जारी गर्दै सार्वजनिक गरेको छ ।

युएई सरकारले युएईमा अवैधानिक रुपमा कार्यरत विदेशी कामदारलाई विना जरिवाना स्वदेश फर्कने वा कानुनी प्रकृया पुरागरी अवैधानिक रुपमा कामगर्न १ अगस्टबाट लागू भएको तीन महिने आम माफी घोषणा गरेको दुई सातापछी युएई सरकारको अध्यागमन कार्यालयले दुतावासलाई तथ्यांक उपलव्ध गराए पश्चात ३९१ जना अवैधानिक रुपमा युएई रहेका नेपालिहरुको तथ्यांक सार्वजनिक गरेको हो ।

दुतावासले जारिगरेको सुचनाका साथमा युएई सरकारको अध्यागमन मार्फत प्राप्त पासपोर्ट नम्बर, जिल्ला र नाम सहितको विवरण उल्लेख गर्दै सम्बन्धित व्यक्तिहरुलाई स्यमं उपस्थित भै पासपोर्ट बुझी आम माफिमा सहभागी हुन आवश्यक प्रक्रिया पुरागर्न अनुरोध गरेको छ । यसका लागि नेपाली दूतावासले घुम्ती शिविर संचालन गरी सुविधा दिइरहेको नेपाली दूतावासका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले बताएका छन् ।

नेपाली दूतावासले घर फर्कन चाहानेहरुकालागी एकतर्फी यात्रा अनुमति पत्र वितरण तथा वैधानिक बनी बस्न चाहानेलाई आवश्यक सहयोग गर्दै आएको छ । साथै कार्यालयमा प्राप्त सूचना र पासपोर्टको विवरण नियमित रुपमा अध्यावधिक गरि जानकारी गराउदै जाने दुतावासले जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 254

प्रतिक्रिया (०)

सम्बन्धित खबर