Aamsanchar

बैंक लुटेर भागेको ६ वर्षपछि त्यहीँ ठाउँमा फर्किंदा बैंकको ठाउँमा रेष्टुरेण्ट देखेपछि…

Author Image
आइतवार, भदौ ३, २०७५

एजेन्सी। १९८५ मा इम्पिरियल बैंक अफ क्यानडाको ओटावा शाखाबाट बैंककै चिफ टेलरले २ लाख ६० हजार डलर चोरी गरे । चोरीपछि उनी अमेरिका भागे । केही दिन पछि नै अमेरिकाको प्रहरीले उनलाई पक्राउ गर्यो । ६० वर्षपछि उनी क्यानडा फर्किएपछि उनले बैंकको त्यो शाखा भएको ठाउँमा अहिले रेष्टुरेण्ट भएको थाहा पाए । उनी त्यही रेष्टुरेण्टमा गएर साथीहरुसँग भव्य पार्टी गरे । उनको कहानी सुनेपछि रेष्टुरेण्टमा उनको ६० वर्षअघिको ‘वान्टेड’ सूचनालाई पोस्टर बनाएर टाँसिएको छ ताकि मानिसहरु गलत बाटोमा नजाउन् ।

१० अगष्ट २०१८ का दिन बैंक लुटेरा बोयने लेस्टर जोनसन अमेरिकाबाट क्यानडा आएका थिए । क्यानडा आएपछि उनले बैंको शाखा भएको ठाउँमा अहिले रेष्टुरेन्ट भएको थाहा पाए । जोनसनका एक साथले रेष्टुरेण्ट बुक गरे र व्यवस्थापनलाई भने ‘म मेरो त्यो साथीलाई त्यो बैंकमा ल्याउँदैछु जुन बैंक उसले लुटेको थियो ।’ लञ्चपछि जोनसन पूरै रेष्टुरेण्ट घुमे । उनी त्यहाँ पनि गए जहाँ बैंकको सेफ थियो । रेष्टुरेण्टले त्यो ठाउँमा अहिले बार बनाएको छ । जोनसनले आफ्ना साथी, रेष्टुरेण्टका वाइन डाइरेक्टर म्याकमोहन र हेड शेफसँग श्याम्पेन पिए र चोरीको पूरै कहानी सुनाए ।

जोनसनले बताए कि १९५८ मा उनी बैंकमा हेड टेलर थिए । त्यतिबेला उनी २० वर्षका थिए । उनले अक्सर देख्थे कि शुक्रबारको दिन विदाको चक्करमा उनका अन्य सहकर्मी बैंकमा भएको नगद गन्न बिर्सिन्थे । एक शुक्रबार उनले बैंकको सेफबाट २ लाख ६० हजार डलर चोरे । त्यसपछि सेफमा टाइमर लगाइदिए ताकि त्यो सेफ सोमबारभन्दा पहिले खोल्न नसकियोस् । चोरी गरेको भोलिपल्ट सोमबार उनी आफ्नी पत्नी र आमासँग अमेरिकाको डेनेभर गए ।

जोनसनले डेनेभरको एक नाइट क्लवमा पार्टी गरिरहेका बेला एक महिला वेटरले उनको वान्टेड वाला पोस्टरबाट उनलाई चिनिन् र प्रहरीलाई खबर गरिदिइन् । प्रहरीले उनीसँगबाट २ लाख ५८ हजार डलर बरामद गरे । ४ हजार डलर भने उनले खर्च गरिसकेका थिए । खर्च गरेको रकम जोनसनका पिताले तिरेका थिए । जोनसनलाई ४ वर्षको जेल सजाय तोकिएको थियो तर उनी २ वर्षपछि नै १९६० मा जमानतमा रिहा भए । त्यसपछि उनी अमेरिकामै सेटल भए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर