Aamsanchar

हार्डवेयरमा काम गर्ने ५० वर्षीय सुरक्षा गार्डको हत्या, देब्रे आँखा निकालिएको अवस्थामा शब फेला

Author Image
आइतवार, भदौ ३, २०७५

मोरङ । मोरङको विराटनगरस्थित एक हार्डवेयर पसलमा कार्यरत सुरक्षा गार्डको हत्या भएको छ ।

विराटनगरको विराट नर्सिङ होम नजिकैको न्यू बिक्की हार्डवेयरमा काम गर्दै आएका ५० वर्षीय टंक भट्टराई आज ९आइतबार० बिहान हत्या गरिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

विराटनरग–४ पिपलचोक घर भएका भट्टराई राति हार्डवेयर पसलमा रहेको सुरक्षागार्ड सुत्ने कोठामा सुतेका थिए । आइतबार बिहान ९ः४५ हार्डवेयरका कामदारले ढोका खोल्दा भट्टराई सुत्ने कोठाको खाटमुनि शव देखेपछि प्रहरीलाई खबर गरेको जनाइएको छ । शव सिरानीले मुख थुनेको अवस्थामा फेला परेको उनीहरुले बताएका छन् ।

हत्या गरिएका भट्टराईको अनुहार र शरीरका विभिन्न भागमा चोट देखिएको छ । उनको देब्रे आँखा निकालिएको छ । घटनास्थलमा खटिएका मोरङ प्रहरी प्रवक्ता डीएसपी निशान थापाले घटना हत्या नै भएको बताएका छन् । माथि राखिएको इन्भरटर तल खसेको बाहेक घटनास्थलमा अन्य कुनै सामान चलाइएको छैन । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी थापाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर