Aamsanchar

झापाका उमेश भए मिस्टर एभरेष्ट

Author Image
आइतवार, भदौ ३, २०७५

काठमाण्डौ ।

राष्ट्रिव्यापी रुपमा सम्पन्न भएको मिस्टर एभरेष्ट प्रतियोगितामा ग्यलोक्सी फिटनेश झापाका उमेश राई (जीवन) ले उपाधि हात पार्न सफल भएका छन् ।

अन्तर्राष्ट्रिय शारीरिक सुसंगठनद्धारा भदौ १ र २ गते काठमाण्डौको कभड हलमा सम्पन्न प्रतियोगितामा ७५ प्लसबाट अन्य सहभागिलाई पछि पार्दै ग्यालेक्सीका उमेशले उपाधि हात पारेका हुन् ।

राईलाई प्रमुख अतिथि गृहमन्त्री रामबहादुर थापा(‘बादल)ले पुरस्कार स्वरुप ३ लाख रुपैंया नगद सहित मेडल, ट्रफी हात पारेका थिए ।

त्यस्तै ७५ प्लसमै ग्यालेक्सीका ललित धिमालले पनि सिल्भर मेडल हात पार्न सफल भएका छन् । ग्यालेक्सीकै अर्का खेलाडी प्रकाशचन्द्र चौधरीले पनि सहभागि भई मेन फिजीशियन उपाधि हात पारेको ग्यालेक्सीका प्रशिक्षक तथा टिम म्यानेजर चन्द्र राना (लाफा)ले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर