सुरक्षा गार्ड मृत अवस्थामा

मोरङ, 

मोरङ विराटनगर–२ धरानरोड विक्की हार्डवेयरमा कार्यरत सुरक्षागार्ड विराटनगर पिपलचोकका ५० वर्षीय टङ्क भट्टराई मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक निशान थापाका अनुसार आज बिहान ९.४५बजे हार्डवेयरका कामदारले पसल खोल्ने क्रममा सुरक्षागार्ड भट्टराईको शव फेला पारेका हुन् ।

मृतक भट्टराईको शरीरमा रड, तथा भाला जस्तो हतियार प्रहार भएको देखिएको थापाले जानकारी दिनुभयो । घटनाको प्रहरीले अनुसन्धान शुरु गरेको भए पनि सो घट्नामा संलग्नको पहिचान गर्न सकेको छैन ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com