Aamsanchar

झापामा अपराध रोक्न प्रहरीको नयाँ ‘जुक्ति’

Author Image
आइतवार, भदौ ३, २०७५

झापा ।

पछिल्लो समय यौनजन्य अपराध बढ्न थालेपछि प्रहरीले झापामा आइतबारदेखि एक महिने विशेष कार्यक्रम सुरु गरेको छ ।

यौन अपराध नियन्त्रण गर्न प्रहरीले एक महिने विशेष अभियान थालेको हो । अभियानमा दुर्इ सय ३५ जना प्रहरी परिचालित भएका छन् । अभियानका क्रममा यौनजन्य घटना र यसका कारक तत्वको खबर संकलन गरी विश्लेषण गरिने प्रहरीले जनाएको छ ।

यौन अपराध हुन सक्ने ठाउँ पहिचान गरी प्रभावकारी निगरानीका साथ जनशक्ति परिचालन गरिएको झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

घटनाका अभियुक्तलाई तत्काल पक्राउ गरी हदैसम्मको सजाय दिलाउन प्रभावकारी अनुसन्धान गरिने प्रहरीले प्रतिबद्धता व्यक्त गरेको छ । ‘विषेश सुरक्षा परिचालन गरी पीडित, तिनका आफन्त र आम नागरिकलाई सुरक्षाको अनुभूति दिने आफुहरुको उद्देश्य एसपी ढकालको भनाई छ ।

यौनजन्य घटनाका पूर्व संकेत तथा घटनाहरुका बारेमा खबर संकलन गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी जीतेन्द्र बस्नेतले जानकारी दिए । सम्भावित स्थानहरुमा सादा पोशाकमा प्रहरी परिचालित हुनेछन् । मोटरसाइकल गस्ती, पैदल गस्ती, खानतलाशी टोली र घटना अनुसन्धान टोलीसमेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर