Aamsanchar

शिक्षकको जागिरका लागि झापाबाट ८ हजार ५५६ जनाको दरखास्त आवेदन

Author Image
सोमवार, भदौ ४, २०७५

पार्थ मण्डल/ भद्रपुर । 

शिक्षा सेवा आयोगमा पदपूर्तिका लागि झापाबाट ८ हजार ५५६ जनाले दरखास्त आवेदन फारम भरेका छन् ।  शिक्षा विकास तथा समन्वय इकाइ झापाका अनुसार प्राथामिक तहमा ४ हजार ९३१, निम्न माध्यमिक तहमा २ हजार ४४२ र माध्यमिक तहमा १ हजार १८३ गरी ८ हजार ५५६ जनाले दरखास्त आवेदन भरेका हुन् ।

शिक्षा सेवा आयोगको सूचना अनुसार झापामा प्राथमिक तह अन्तरगत खुल्लामा १६९, महिलामा ४४, आदिवासी÷जनजातिमा ३७, मधेशीमा ३१, दलितमा १२, अपाङ्गमा ७, पिछडिएको वर्गमा ६, दलित र मुस्लिम महिलामा १/१ जना गरी ३०८ पदका लागि करिब १६ गुणा बढीले दरखास्त भरेको इकाई समिति झापाका प्रमुख योगेन्द्रप्रसाद बरालले जानकारी दिए ।

उनका अनुसार प्राथामिक तहका लागि झापामा मात्रै छुट्टै कोटा खुलेको हो । निम्न माध्यमिक र माध्यामिक तहको कोटा पूरानो संमरचना अर्थात पूर्वाञ्चल क्षेत्रगत रुपमा खुलेको हो । झापाबाट पूर्वाञ्चल क्षेत्र अन्तरगत सबै समूहतर्फ निम्न माध्यमिक तह नेपालीमा ७९ पदका लागि १ हजार १५, अंग्रेजीमा १२४ पदका लागि ४८४, गणितमा ५७ पदका लागि १३०, विज्ञानमा ४८ पदका लागि ५९, सामाजिकमा ६१ पदका लागि ७१७ दरखास्त दिएको उनले बताए ।

त्यस्तै झापाबाट पूर्वाञ्चल क्षेत्र अन्तरगत सबै समूहतर्फ माध्यमिक तहमा नेपालीमा ५२ पदका लागि ३३२, अंग्रेजीमा ६१ पदका लागि २५४, गणितमा ४४ पदका लागि ५८, विज्ञानमा ६० पदका लागि ८२, सामाजिकमा ४८ पदका लागि २५९, लेखामा ३ पदका लागि ४०, अर्थशास्त्रमा ७ पदका लागि २९, जनसंख्या तथा वातावरणमा १ पदका लागि ११, शिक्षमा २ पदका लागि ७, स्वास्थ्य र शारीरिकमा १ पदका लागि १० र संस्कृत व्याकरणमा १ पदका लागि १ जनाले दरखास्त दिएको उनले बताए । आयोगले आवेदन दरखास्त दिएका उम्मेदवारको परीक्षा असोज ११ गते तोकिएको हो । तर, परीक्षा जिल्ला अन्तर हुने वा जिल्लामै हुने यस बिषयमा अहिलेसम्म टुंगो नलागिसकेको उनको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 242

प्रतिक्रिया (०)

सम्बन्धित खबर