Aamsanchar

अशोक दर्जीको घरभित्र देखिए यस्ता बहुमुल्य सामानहरु (भिडियो सहित)

Author Image
सोमवार, भदौ ४, २०७५

हुने बिरुवाको चिल्लो पात भनेझैं अशोक दर्जी युटुबमा एकाएक चर्चामा आएका थिए । एउटा फिल्मको सुटिङको क्रममा एकजना क्यामरा मेनले उनको गायकी मन पराएर फेसबुक लाइभ गरेका थिए त्यही भिडियो भाइरल भएर अशोक दर्जी सबैमाझ चिनिए ।

यो देखेपछी डि जे रुपक (सापकोटा) ले यति राम्रो कलालाइ मार्नु हुदैन र यतिकै छाड्यो भने अरु जस्तै छिट्टो आउने र हराउने हुन्छ । यो कलालाइ गोड्मेल गर्यो भने धेरै माथी पुर्याउन सकिन्छ भनेर काठमाडौ गित रेकर्डिङका लागि सबै खर्च आफै बेहोरेर चर्चित गायक तथा संगीतकार टंक बुढाथोकी सम्म पुर्याएका थिए र टंक बुढाथोकीले अशोक दर्जिको कलालाइ बुझेर धेरै मेहेनत गरेर धेरै सिकाएर अशोकलाई निखारेर (जतिबेला अशोकको स्वरमा त दम थियो तर प्राबिधिक रुपमा केही थाहा थिएन)।

मन बिनाको धन ठूलो कि धन बिनाको मन भन्ने गित रेकर्ड गराए र त्यो गितले सबै दर्शकको मन जित्न सफल मात्र भएन नेपालमा सबै गितको रेकर्ड तोड्दै नयाँ रेकर्ड राख्न पनि सफल भयो ।

बिचमा अशोकको नाममा धेरै बिबादास्पद कुराहरु आए गायक तथा संगीतकार टंक बुढाथोकीलाई पनि धेरैले गलत भने तर उनले सबै हिसाब सहित सम्पुर्ण कुराको एक एक रिपोर्ट देखाए र उनी सबैको मनमा सबैको ढुक्ढुकी बनेर बसेका छन । उनले आफ्नो भिट्टा बेचेर भए पनि म अशोकको घर बनाउछु भनेर घर बनाउन लागि परे र अन्तत सबैको सरसहयोगले गर्दा घर बनिएको छ । अशोक दर्जी अहिले आफ्नो घर हस्तान्तरण कार्यक्रमका लागि झापा आएका छन् । ४ गते झापाको दमकमा रहेको कार्यक्रमका लागि अशोक दर्जी झापा आएका हुन् ।

https://www.youtube.com/watch?time_continue=254&v=60jNrgQSXq4

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर