Aamsanchar

जीवनमा खराब मान्छेबाट जोगिने सात सूत्र जानौं

Author Image
सोमवार, भदौ ४, २०७५

एजेन्सी ।

जीवन अहिलेको भन्दा सुखी बनाउन चाहनुहुन्छ ? तपाईको संगतमा रहेका विषाक्त मानिसहरुलाई आफ्नो जीवनबाट विदा गर्नुभयो भने मात्रै पनि जीवन बदलिन्छ ।

केही मानिसहरु त्यस्ता हुन्छन् जसले तपाईलाई जहिले पनि तल्लो स्तरको देखाउन कोसिस गरिरहन्छन्, तपाईको खेदो खन्छन् र नकारात्मक कुराहरु तपाईको ढोकासम्म ल्याइपुर्याउँछन् ।

जसले तपाईलाई होच्याउँने प्रयास गर्छन्, तिनीहरुसँग आजैदेखि संगत गर्न छाडिदिनुस् । यसले तपाईको जीवन सुखी बनाउन धेरै मद्यत गर्छ । जीवन सुखी बनाउने अन्य मन्त्र यस्ता छन्ः

१. सकारात्मक भएर दिनको सुरुवातः

आजको दिनको सुरुवात खुसी भएर प्रशन्नतापूर्वक गर्नुहोस् । त्यति मात्रै होइन भोलिका लागि समेत खुसी र मुस्कान आजै भर्ने प्रयत्न गर्नुहोस् । यसो गर्नुभयो भने तपाई भोलिसम्मकालागि खुसी र प्रशन्न रहन सक्नुहुन्छ । यसको विपरीत तपाईले आफूलाई, आफ्नो जीवनलाई घृणा गर्नुभयो भने भोलिपल्टसम्म तपाईलाई त्यो सोचाईले छाड्दैन ।

यसकारण सोच्नुहोस कि प्रत्येक विहान नयाँ हो । जीवनमा कहिल्यै नआएको र नआउने नयाँ दिन हो । यो दिनको हरेक घण्टा र मिनेटलाई म सार्थक बनाउने छु भन्ने सोच्नुहोस् । एक छिन् मनन् गर्नुहोस् त आजको साल, महिना र गते फेरि कहिल्यै आउँछ जीवनमा ? महिना, गते र बार त मिल्न सक्छ तर साल ?

२. शारीरिक व्यायमः

शारीरिक व्यायमका कैयन स्वास्थ्यबद्र्धक फाइदाहरु छन् । ठीक तरिकाले व्यायम गर्नाले मानसिक सोचमा सकारात्मक प्रभाव पर्छ । यसले तपाईको कार्डियोभास्कुलर प्रणालीलाई मजबुत बनाउँछ । बुढो हुने प्रक्रियालाई मन्द बनाउन मात्रै नभएर तनाव कम गर्न पनि व्यायमले मद्यत गर्छ ।

३. ठीक तरिकाले खाना खाऔंः

अध्ययनहरुले देखाएको एउटा सत्य के हो भने यदि तपाई ठीक ढंगले बिहानको खाना खानुहुन्छ भने यसले मोटोपना घटनाउ मद्यत गर्छ । वजन बढाउन पनि बिहानको खानाले मद्यत गर्दछ । खानामा जहिले पनि ताजा फलफूल, जुस, उच्च फाइबरयुक्त खाना, चिल्लो कम भएको दुध वा दही, आँटाको परिकार र उसिनेको अण्डा खानामा समावेश हुनु राम्रो हुन्छ ।

४. पहिरनः

तपाईले लगाउने कपडाको रङले पनि तपाईको मुड प्रभावित हुन्छ । सुहाउँदीलो र सुविधाजनक कपडाले आत्मविश्वासमा वृद्धि हुन्छ ।

५. वास्नाले बनाउनुस मुडः

कपालमा लगाउने तेल वा आफ्टर सेभ । यस्ता वस्तुले मान्छेको मुड बदलिन्छ । उदाहरणको लागि तपाई दाह्री नकाटी आफ्टर सेभ लगाउनुहोस्, तपाईलाई दाह्री काटेको महसुस हुन्छ । यसको मतलव हो वास्नाले मान्छेलाई फ्रेस बनाइराख्छ ।

६. सकारात्मक सोचः

सकारात्मक सोचाईले तपाईको जीवनका धेरै पक्षहरुलाई सबल बनाउन मद्यत गर्छ । सकारात्मक सोचले नै विभिन्न अवसरहरु उपयोग गर्न सघाउँछ । यदि हामीले सकारात्मक भएर सोच्यौं भने,

– तपाईले आफूजस्तै अरु मानिसलाई आकर्षित गर्न सक्नु हुन्छ ।
– सकारात्मक सोचले धेरै ऊर्जा दिन्छ । धेरै ऊर्जाको मतलव हो धेरै जीवन, धेरै खुसी र धेरै सफलता ।
– सकारात्मक सोचले तपाई आफ्नो जीवन अझ बढी खुसीसाथ बिताउन सक्नुहुन्छ ।
– सफल भएका मानिसहरु मध्ये धेरैजसो मानिसहरु सकारात्मक सोचाई राख्ने नै छन् ।
– सकारात्मक सोचले स्वास्थ्य पनि राम्रो बनाउँछ ।

७ सकारात्मक कुराहरु हेर्नुहोस्–

नकारात्मक सोच राख्ने मानिसले जहिले पनि अवसरमा समस्या मात्रै देख्छ । तर सकारात्मक सोच राख्ने मानिसले जहिले पनि समस्यामा अवसरमात्रै देख्छ । जीवन भनेको एक ऐना हो । तपाईको भित्र जे छ, त्यही नै बाहिर प्रकट हुन्छ । तपाई मनमै राम्रा र खुसी राख्नुहोस् त्यो बाहिर तपाईको अनुहारमार्फत प्रकट हुन्छ । जुन मनमा बिकार छ, त्यो मनबाट कुनै सकारात्मक प्रतिफलको आशा गर्नु बेकार हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 330

प्रतिक्रिया (०)

सम्बन्धित खबर