Aamsanchar

१८ खेलाडी बेचेर फुटबल क्लबले किन्यो १० वटा बाख्रा

Author Image
सोमवार, भदौ ४, २०७५

एजेन्सी । टर्कीको एक फुटबल क्लबले आफ्ना १८ खेलाडी बेचेर १० वटा बाख्रा किनेको छ ।

क्लबको आम्दानी बढाउन भन्दै गल्सपोर फूटबल क्लबले आफ्ना १८ खेलाडी बेचेर १० वटा बाख्रा किनेको हो । यसबाट क्लबले अतिरिक्त आम्दानी गर्ने विश्वास क्लब व्यवस्थापनको छ । बाख्राबाट हुने आम्दानीले बाँकी रहेका खेलाडीको खर्च धान्ने क्लबले भनेको छ । क्लब अध्यक्ष केनन बायुक्लेब्लेबले आफ्नो क्लब लामो समयदेखि आर्थिक समस्या झेलिरहेको बताए । उनले सरकारका तर्फबाट कुनै सहायता नपाइएको गुनासो गरे ।

क्लबको धेरै ऋण रहेको र बाँकी रहेका खेलाडीको खर्च धान्न पनि यो निर्णय लिनुपरेको बायुक्लेब्लेबले बताए । क्लबका १८ खेलाडी बेचेपछि १८ हजार लिरा कमाइ भएको उनको भनाइ छ । बाख्राको दूध बेचेर क्लबले हरेक महिना पाँच हजार लिरा कमाउने उनले आशा गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर