Aamsanchar

शिवसताक्षीका ४० जना युवाले रक्तदान गरे

Author Image
सोमवार, भदौ ४, २०७५

झापा ।

रगतको अभाव हटाउदै रक्तसञ्चारलाई टेवा पुर्याउने उद्देश्यले झापाको शिवसताक्षी नगरपालिका स्थित दूधे बजारमा रक्तदान गरिएको छ ।

लाइन्स क्लब अफ शिवसताक्षी र सतासीधाम जेसीजको संयुक्त आयोजनामा रक्तदान गरिएको हो।

रक्तदानमा रेडक्रस उपशाखा दमकको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रममा शिवसताक्षीका ४० जना युवाले रगत दिएको सतासीधाम जेसीजका अध्यक्ष महेन्द्र भट्टराईले बताए ।

रक्तदान लान्यस क्लब अफ शिवसताक्षीको चार्टर प्रेसिडेन्ट यामनाथ काफ्ले अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)